बुधवार, कार्तिक १२ गते २०८३

Logo बुधवार, कार्तिक १२ गते २०८३
images
images

ट्युबबाट महाकाली तरेर आएका थिए कञ्चनपुरका संक्रमित

ट्युबबाट महाकाली तरेर आएका थिए कञ्चनपुरका संक्रमित

images
  • 2.0K
    SHARES

  • images
    images
    images
    ट्युबबाट महाकाली तरेर आएका थिए कञ्चनपुरका संक्रमित
    images
    images
    images

    चैत्र २२ ,कञ्चनपुर ।कोरोना संक्रमण देखिएका कञ्चनपुरका युवा भारतको लुहाघाटबाट ११ जनाको समूहमा नेपाल भित्रिएका थिए । सीमा बन्द गरिएपछि उनीहरु चैत १४ गते खल्ला मसेट्टी क्षेत्रबाट ट्युबबाट महाकाली तरेर नेपाल प्रवेश गरेको खुलेको छ ।
    खल्ला मसेट्टीबाट उनीहरुलाई सशस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिइ गड्डाचौकीस्थित हेल्थ डेस्कमा चेकजाँच गराएर बेदकोट नगरपालिकाको सुन्दरपुरस्थित कृषि पाइलट फर्ममा क्वारेन्टाइनमा राखिएको थियो।
    ‘सशस्त्र प्रहरीले ल्याएका ११ जना सबै १४ गतेदेखि नै क्वारेन्टाइनमै थिए,’ बेदकोट नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख हरिसा पालले भनिन्, ‘संक्रमति व्यक्तिलाई आज –शनिबार) बिहानै सेती अस्पताल पठाइको छ।’

    संक्रमति ४१ वर्षिय व्यक्ति र अन्य सबैजना बेदकोट नगरपालिका क्षेत्रकै हुन्। स्वास्थ्य शाखा प्रमुख पालका अनुसार संक्रमितसँगै आएका ११ जना र अन्य २ गरि क्वारेन्टाइनमा रहेका १३ जनाको थ्रोट स्वाब नेपाली सेनाको छाउनी अस्पतालको टोलीले चैत २० मा संकलन गरेर लगेको हो। उनीहरुसँगै महेन्द्रनगरको वैजनाथ माविमा रहेका थप १० जनाको स्वाब पनि सेनाको टोलीले संकलन गरेर लगेको थियो।
    कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि नेपालमा लकडाउन सुरु भएयता दोधारा चाँदनी, गड्डाचौकी र ब्रहृमदेव क्षेत्रबाट ३ हजारको हाराहारीमा नेपालीहरु भारतबाट फर्किएको बताइन्छ। अधिकांशले ट्युबबाट महाकाली तरेर वा पैदलै हिँडेर अवैध बाटोको प्रयोग गरेको प्रशासन स्रोतले बताएको छ।

    शाभार गरिएको90745639_908076862981754_3279122193790795776_n.jpg

    91469412_667533797148714_1611731574980608000_n.jpg

    images
    images
    • शनिवार, चैत्र २२ २०७६१२:५८:५३
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij