शिक्षा
काठमाडौं। सरकारले दिवा खाजा कार्यक्रमको लागि ८ अर्ब ४५ करोड बजेट विनियोजन गरेको छ।
सोमबार अर्थमन्त्री प्रकाशशरण महतले आगामी आव २०८०/८१ को बजेट सार्वजनिक गर्दै उक्त रकम विनियोजन गरेको बताएका हुन्।उनले यो कार्यक्रमबाट ३२ लाख बालबालिका लाभान्वित हुने बताए। यस्तै,छात्रवृत्तिको लागि ३ अर्ब २ करोड बजेट विनियोजन गरेको बताए।
खेलाडीलाई स्वरोजगार बन्न सहुलियतपुर्ण कर्जा दिइने
सरकारले स्वरोजगार बन्न चाहाने खेलाडीहरुलाई सहुलियतपुर्ण कर्जा दिने भएको छ ।
आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले खेलाडीलाई स्वरोजगार बन्न चाहेमा युवा स्वरोजगार कोष मार्फत सहुलियतपूर्ण कर्जा प्रदान गर्ने व्यवस्था गरिने बताएका छन् ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij