फाइल फोटो
चैत २९ दोभान ।विश्वभर फैलिरहेको नोबेल कोरोना भाइरस संक्रमण रोकथामको लागि सरकारले आह्वान गरेको लक डाउनको कारण दैनिक ज्यालादारी गरि खाने अति बिपन्न बर्गका परिवार मर्कामा परिरहेका छन ।
अति बिपन्न बर्गका परिवारमा साझ बिहान छाक तार्न समस्या नहोस भनेर तिनाउ गाउपालिकाले राहत कोष खडा गरेर सहयोग गरिरहेको छ ।
गाउपालिकाको सिमित कोषले धेरैलाइ सहयोग गर्न नसकिरहेको भन्दै सहयोग गर्न बिभिन्न संघ ,सस्था उद्योगी ,व्यवसायी ,सहयोगी दाताहरु ,सामुदायिक बन उपभोक्ता समूह लगायत सहयोग गर्न इच्छुक सबैलाई सहयोगको अपिल गरेको हो ।
लक्ष्मी बैंकको तिनाउ शाखामा रहेको खाता नम्बर ०८१०३००००१९ मा आफुले सकेको सहयोग गर्न गाउँपालिकाले अपिल गरेक हो ।


Copyright © All right reserved to Lumbini Pana Site By: Sobij