देवदह। रुपन्देहीको देवदहमा चित्रकला तथा बक्तित्वकला प्रतियोगिता सम्पन्न भएको छ। निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन देवदहको आयोजनामा प्राथमिक तह स्तरिय चित्रकला प्रतियोगिता र आधारभूत तथा माध्यामिक तह स्तरिय बक्तित्वकला प्रतियोगिता सम्पन्न भएको हो।

देवदहका ९ वटा विद्यालयको सहभागिता रहेको प्राथमिक तह स्तरिय चित्रकला प्रतियोगितामा ग्रीन प्लान्ट आवासीय माध्यमिक विद्यालयका हिमांशु सापकोटा प्रथम, कोलियाराज बोर्डिंग स्कुलका राजन कुँवर, बुद्द पब्लिक आवासीय माविका अनुष्का खनाल तृतीय र एशियन लाइट बोर्डिंग स्कुलका रिया थारुले सान्तवना स्थान हासिल गरेका छन्।

त्यस्तै आधारभूत तह स्तरिय बक्तित्वकला प्रतियोगितामा ग्रीन प्लान्ट आवासीय माध्यमिक विद्यालयकी स्वीकृति न्यौपाने प्रथम, अनुष्का भण्डारी देवदह बुद्द पब्लिक आवासीय माविकी अनुष्का भण्डारी द्वितीय, मदरल्याण्ड एकेडमीकी प्रभा कार्की तृतीय र देवदह मदर टङ्स एकेडमीका सुजिन गुरुङले सान्तवना स्थान हासिल गरेका छन्।

त्यस्तै माध्यामिक तह स्तरिय बक्तित्वकला प्रतियोगितामा ग्रीन प्लान्ट आवाशीय माविका आर्यन धमला प्रथम, देवदह मदर टङ्स एकेडमीका अनिश खड्का द्वितीय, सेभेन स्टार बोर्डिंग स्कुलकी आकृति चौधरी तृतीय र एशियन लाइट बोर्डिंग स्कुलका सुशान्त बिष्टले सान्तवना स्थान हासिल गरेको प्याब्सन देवदहले जानेको छ।
प्याब्सन देवदहका अध्यक्ष राम बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सन लुम्बिनी प्रदेशका अध्यक्ष लालहरि पाण्डे, एक नारायण काफ्ले, बोधराज गौडेल, महेश पराजुली,खगेन्द्र न्यौपाने लगायतले मन्तब्य राख्नुभएको थियो।
प्रतियोगितमा चित्रकला तर्फ दशरथ कुमाल र रामबिर कुमाल तथा बक्तित्वकला तर्फ उमापती न्यौपाने र बाबुराम गैरेले निर्णायकको भूमिका निर्वाह गरेका थिए। सेभेन स्टार बोर्डिंग स्कुलका प्रिन्सिपल टिकाराम चापागाईंको स्वागत र प्याब्सन देवदहका सचिव कृष्ण प्रसाद गैरेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij