बुधवार, कार्तिक १२ गते २०८३

Logo बुधवार, कार्तिक १२ गते २०८३
images
images

नयाँ वर्षको बिहान ८ बजे देशैभरि राष्ट्रिय गान गाउन आह्वान

नयाँ वर्षको बिहान ८ बजे देशैभरि राष्ट्रिय गान गाउन आह्वान

images
  • 1.5K
    SHARES

  • images
    images
    images
    नयाँ वर्षको बिहान ८ बजे देशैभरि राष्ट्रिय गान गाउन आह्वान
    images
    images
    images

    चैत३०,काठमाडाैँ।विश्व अहिले काेराेना भाइरस महामारीकाे संकटबाट गुज्रिरहेकाे छ । संसारभरिका डाक्टर, नर्स, सुरक्षाकर्मी लगायत यसविरूद्धकाे माेर्चामा खटिएका छन् ।

    यसै क्रममा नेपालमा पनि काेराेना संक्रमण फैलन नदिन सरकारले लकडाउन गरेकाे छ । नेपालमा पनि संक्रमण राेकथामकाे अग्रमाेर्चामा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरू लगायत व्यक्तिहरू खटिएका छन् ।

    images
    images
    images

    यस्ताे वेला हामीलाई काेराेना संक्रमण हुन नदिन र दैनि जीवन सहज बनाउन अग्रमाेर्चामा खटिएकाहरूकाे हाैसला बढाउन नयाँ वर्षकाे (साेमबार, वैशाख १ गते) बिहान ८ बजे राष्ट्रिय गान गाएर ऐक्यबद्धता जनाउने कार्यक्रम तय गरिएकाे छ ।

    ‘युएन ग्लाेबल कम्प्याक्ट नेपाल’ले साेमबार बिहान ८ बजे आ-आफ्नाे घरकाे काैसी, झ्याल वा छतमा उभिएर राष्ट्रिय गान गाउन, बजाउन र अन्तमा एकैसाथ ताली पिट्न अपील गरेकाे छ ।

    काेराेना संक्रमण न्यूनीकरण तथा राेकथामकाे अग्रमाेर्चामा खटिएका डाक्टर, नर्स, सुरक्षाकर्मी, इमरजेन्सी सेवाका कर्मचारी, सप्लाइमा खटिएका कामदार, सफाइकर्मी लगायतकाे समर्थनमा ऐक्यबद्धता जाहेर गर्न याे अभियान देशभरि एकैसाथ लागु गर्न कम्प्याक्ट नेपालले आह्वान गरेकाे छ । साे समय एफएमहरूबाट समेत राष्ट्रय गान प्रसारण हुने जनाइएकाे छ ।

    images
    images
    • आइतवार, चैत्र ३० २०७६०५:१८:५२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij