वैशाख ३,काठमाडौं। सरकारले आन्तरिक उडान पनि आगामी वैशाख १८ गतेसम्मका लागि रोक्ने निर्णय गरेको छ। सिंहदरबारमा बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बुधबार बसेको बैठकले यस्तो निर्णय लिएको हो। समितिको बैठकपछि बोल्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद बिडारीले यसबारेमा जानकारी दिएका हुन्।
यसअघिको बैठकमा आन्तरिक उडानबारे कुनै निर्णय भएको थियो। सरकारले यसअघि नै अन्तर्राष्ट्रिय उडान वैशाख १८ सम्मका लागि रोक्ने निर्णय गरेको थियो। 'लकडाउन लम्बिएको अवस्थामा आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै सेक्टरका उडान यही महिनाको ३० तारिख (वैशाख १८) गतेसम्म रोक्ने निर्णय भएको छ', उनले भने, 'कोरोनाको जोखिम बढ्दै गएको अवस्थामा समितिले यस्तो निर्णय लिएको हो।'
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij