बुधवार, कार्तिक १२ गते २०८३

Logo बुधवार, कार्तिक १२ गते २०८३
images
images

कैलालीमा एकैदिन दुई किशोरीमाथि सामूहिक बलात्कार

कैलालीमा एकैदिन दुई किशोरीमाथि सामूहिक बलात्कार

images
  • 1.7K
    SHARES

  • images
    images
    images
    कैलालीमा एकैदिन दुई किशोरीमाथि सामूहिक बलात्कार
    images
    images
    images

    वैशाख ३,धनगढी। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनका बेला देशभरी नै अपराधिक घटनामा कमि आएको छ। तर कैलालीमा भने एकैदिन दुई सामूहिक बलात्कारका घटना सार्वजनिक भएका छन्।

    नयाँ वर्षको दोस्रो दिन बैशाख २ गते कैलालीमा दुई फरकफरक बलात्कारका घटना घटेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। बैशाख २ गते बिहान धनगढीकी १७ वर्षीया एक किशोरीको जिल्लाको गौरीगंगा– १ खुरखुरीयामा सामूहिक बलात्कार भएको थियो।

    images
    images
    images

    आफन्तको घरबाट नयाँ वर्ष मनाएर आउँदै गरेकी उनीलाई रोकेर साथमा रहेका दिदिभाईलाई एक समूहले कुटपिट गरेको थियो। त्यसपछि सडकबाट घिसार्दै करिब १०० मिटरको दुरीमा लगेर चारजनाको समुहले ती किशोरीको जबरजस्ती करणी गरेको प्रहरीले बताएको छ।

    प्रहरीले ती चारै जनालाई पक्राउ गरिसकेको छ। पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका वडा नम्बर ४ का २० वर्षीय नरेश नेपाली, २१ वर्षीय अर्जुन सावद, २० वर्षीय निर्मल चौधरी र २४ वर्षीय नरेश भट्ट रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले बताए।

    सोही दिन जिल्लाकै भजनी नगरपालिकाकी एक १५ वर्षीया किशोरीमाथि समेत बलात्कार भएको छ। दिउँसो करिब साढे ४ बजेतिर भजनी नगरपालिका– ८ मा उनीमाथि पनि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ। विभिन्न प्रलोभन देखाएर कृष्णनगरस्थित हुलाकी सडकको दक्षिणतर्फ रहेको झाडीमा डर, त्रास, धाक धम्की देखाई ती किशोरीमाथि जबरजस्ती करणी गरिएको थियो।

    प्रहरीले उक्त समूलाई समेत पक्राउ गरिसकेको छ। पक्राउ पर्नेमा जोशीपुर गाउँपालिका– ४ लालपुर बाणी बस्ने २९ वर्षीय रामकुमार चौधरी, २२ वर्षीया मंगल चौधरी र ३१ वर्षीय सुरेश कुमार चौधरी रहेका छन्। कैलाली प्रहरीले दुवै घटनाको थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले बताए।

    images
    images
    • बुधवार, बैशाख ३ २०७७०३:५२:१६
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij