मंगलवार, आश्विन १३ गते २०८३
शिक्षा
देवदह । राष्ट्रिय परीक्षा बोर्डले वैशाखमा सञ्चालन गरेको कक्षा १२ को परिक्षामा देवदह -७ मा अव्यवस्थित ग्रीन प्लान्ट आवासीय मावि र सगरमाथा आवासीय माविले उत्कृष्ट नतिजा प्राप्त गरेको छ ।
ग्रीन प्लान्ट आवासीय मविमा विज्ञान, व्यवस्थापन, होटेल म्यानेजमेन्ट र शिक्षा संकायमा गरी कुल २ सय जना विद्यार्थी सहभागी भएकोमा ३ दशमलव ७० जीपीए प्राप्त गरि ग्रीन प्लान्ट आवासीय माविका अरुण कार्की देवदह नगरपालिका प्रथम हुन सफल भएका हुन्।
त्यस्तै परिक्षामा सहभागी अन्य विद्यार्थीले पनि उत्कृष्ट नतिजा हासिल गरेको विद्यालयका प्राचार्य राजिव सापकोटाले बताएका छन् ।
त्यस्तै म्यानेजमेन्ट, आर्ट, एजुकेशन गरि कुल १ सय ४० जना विद्यार्थी सहभागी भएकोमा समान ३ दशमलव ७० जीपीए प्राप्त गरि सगरमाथा आवासीय माविका विद्यार्थी सुसान्त पैयानि देवदह नगरपालिका प्रथम हुन सफल भएका छन् ।
सगरमाथा आवासीय माविका सलिना थापाले ३.६५ जि पि ए सहित देवदह नगर पालिका द्वितीय हुन सफल भएको विद्यालयका प्राचार्य कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।
लुम्बिनी पाना मिडिया प्रालिद्वारा सञ्चालित
लुम्बिनी पाना डटकम
सूचना तथा प्रसारण विभाग दर्ता नं-३२७९/०७८/०७९ प्रधान कार्यालय:देवदह-३ रुपन्देही
कर्पाेरेट कार्यालय : बुटवल -१०,रुपन्देही
मुख्य शाखा कार्यालय : तिनाउ गाउँपालिका -३ ,पाल्पा समाचार तथा विज्ञापनको लागि ९८५७०८३४५० ,९८४२००२४७८ Email:lumbinipana312@gmail.com
समाचारको लागी : newslumbinipana@gmail.com
प्रबन्ध सम्पादक : निर्मल एसपी थापा
कार्यकारी सम्पादक :एलबी सर्बुजा सम्पादक : सुनिता थापा
Copyright © 2026 All right reserved to Lumbini Pana Site By: Sobij