बैशाख ८म्याग्दी।पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६ रातढुंगा घर भई नेदरल्याण्डमा बस्दै आएकी ४० वर्षीया लक्ष्मी भट्टचनको कोरोना संक्रमणबाट ज्यान गएको छ। चिकित्सकको सल्लाह अनुसार भट्टचन एक महिनादेखि 'होम क्वारेन्टाइन'मै बस्दै आएकी थिइन्। तर संक्रमणले च्यापेपछि उनलाई अस्पताल लगिएकोमा उपचारकै क्रममा ज्यान गएको मोना आइसीका वरिष्ठ उपाध्यक्ष भीम पूर्जाले जानकारी दिए।
मृतक भट्टचनका श्रीमान, एक छोरा र एक छोरी छन्। संक्रमणको चपेटामा फसेका विश्वका धेरै देशमा म्याग्देलीको बसोबास रहेको छ। म्याग्दीबाट गएका मानिसहरू केही देशमा संक्रमित भएको जानकारी आएपनि आधिकारिक पुष्टि हुन सकेको छैन। हालसम्म कोरोना संक्रमणबाट विश्वरभर २८ नेपालीको मृत्यु भएको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij