शिक्षा
देवदह । रुपन्देहीको देवदह -४ स्थित महामाया भवानी माविमा एकदिने शैक्षिक सिकाई मेला संचालन भएको छ । महामाया भवानी माविको आयोजना, सोइया महिला स्वावलम्बी संस्थाको सहयोगमा सञ्चालित शैक्षिक सिकाइ मेलामा विद्यार्थी, अभिभावक तथा सरोकारवालालाई शिक्षण संस्था, विषय, पठनपाठन, सिकाई बिधि, विद्यार्थीको बौद्धिक क्षेमता प्रदर्शनी तथा नेपाली मौलिक सामाग्रीको प्रदर्शन गरिएको थियो।


शैक्षिक सिकाई मेलामा देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले देवदह नगरपालिकाको शैक्षिक स्तर उकास्न देवदह वासी हातेमालो गरेर लाग्नु पर्ने बताउनुभयो । सिकाई मेलाका प्रमुख अतिथी सापकोटाले दक्ष जनशक्ति उत्पादन गरी समृद्ध नेपाल निर्माण गर्ने सपना पूरा गर्न प्राविधिक संगै व्यवहारिक शिक्षाको खाँचो रहेकोे बताउनुभयो ।


कार्यक्रमको औचित्यमाथी प्रकाश पार्दै विद्यालयका प्रधानाध्यापक ऋषिश्वर अर्यालले शैक्षिक मेलाले विद्यार्थीको सिकाई संस्कार प्रबर्दन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। शिक्षाको गुणस्तर उच्च र नमूनायोग्य बनाउन विद्यालयले सिकाई सहितको व्यावसायिक शिक्षालाई प्राथमिकता दिएको प्रधानाध्यापक अर्यालको भनाई थियो।


विद्यार्थीको प्रतिभा प्रस्फुटन, बौद्धिक जांच सहित सास्कृतिक र जन चेतनामूलक प्रस्तुतिले मेलालाई थप औचित्यपूर्ण बनाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छबिलाल घर्तीले बताउनुभयो ।










Copyright © All right reserved to Lumbini Pana Site By: Sobij