मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

कोटही आधारभूत विद्यालयमा शैक्षिक मेला

कोटही आधारभूत विद्यालयमा शैक्षिक मेला

शिक्षा

images
  • 1.9K
    SHARES

  • images
    images
    images
    कोटही आधारभूत विद्यालयमा शैक्षिक मेला
    images
    images
    images

    देवदह । रुपन्देहीको देवदह नगरपालिका -३ मा अवस्थित कोटही आधारभू विद्यालयमा शैक्षिक मेला सम्पन्न भएको छ ।सोइया महिला स्वावलम्बी संस्थाको सहयोग र कोटही आधारभूत विद्यालयको आयोजनामा बृहत् शैक्षिक मेला सम्पन्न भएको हो ।

    शैक्षिक मेलाम मन्तव्य व्यक्त गर्दै लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री चन्द्रकेश (सीके) गुप्ताले गुणस्तरिय शिक्षालाई प्रदेश, नगर, वडा र गाउँ गाउँमा संचालन गर्नुपर्ने आवस्यकता रहेको बताउनुभयो ।

    images
    images
    images

    नेपालमा शिक्षामा अत्यन्तै न्युन लगानी हुँदा शैक्षिक स्तर सुदृढ नभएको भन्दै शिक्षामा प्रयाप्त बजेट बिनियोजन गरि व्यवहारिक शिक्षा संचालन गर्नुनै आजको आवश्यकता रहेको मन्त्री गुप्ताको भनाई थियो।युवाहरु देश बनाउने गहना भएकोले लुम्बिनी प्रदेश सरकारले सुरुवातमा २ लाख युवालाई रोजगार दिने गरि योजना बनाइरहेको समेत मन्त्री गुप्ताको भनाई थियो।

    मेलाको औचित्य माथी प्रकाश पार्दै विद्यालयका प्रधानाध्यापक चन्द्र कान्त पाण्डेले विद्यार्थीको सीप, कला, र बौद्धिक स्तरलाई शैक्षिक मेला मार्फत उजागर गर्न खोजिएको बताउनुभयो ।

    शैक्षिक मेलामा मन्तव्य व्यक्त गर्दै देवदह नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष यज्ञ अर्यालले अबको केही वर्ष भित्रै निजि स्कुलकै सेवा सुविधा र गुणस्तरीय शिक्षा सहित कक्षा संचालन गरिने वचन बद्दता जाहेर गर्नुभएको थियो । अरुलाई कमजोर बनाएर होइन आफुलाई बलियो बनाएर लाग्नुपर्ने समेत अध्यक्ष अर्यालको भनाई थियो।

    कार्यक्रममा महामाया भवानी माविका प्रधानाध्यापक ऋषिश्वर अर्याल, युगज्योती माविका प्रधानाध्यापक यमलाल अर्याल, भबिस्य निर्माणका अध्यक्ष झबिन्द्र प्रसाद पाण्डे, शक्ति प्रसन्न गिरि लगायतले मन्तव्य व्यक्त गर्दै शैक्षिक मेलाले विद्यार्थीको सिकाई स्तर उकास्न मद्दत पुगेको बताउनुभयो ।

    शैक्षिक मेलामा मेलामा विद्यार्थीका अतिरिक्त क्रियाकलाप, नेपाली मौलिक सामाग्री,शैक्षिक सामग्री स्टल, विज्ञान, गणित र नेपाली विषयसम्बन्धी शैक्षिक सामग्री, शैक्षिक सिकाई पद्धति साथै कृषि तथा खाद्यान्न सम्बन्धी प्रदर्शनी गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बम बहादुर आलेले जानकारी दिनुभयो ।

    शैक्षिक मेला विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बम बहादुर आलेको अध्यक्षता विद्यालयका प्राचार्य चन्द्र कान्त पाण्डेको स्वागत र शिक्षक गणेश पराजुलीको संचालनमा सम्पन्न भएको थियो ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij