बुधवार, कार्तिक १२ गते २०८३

Logo बुधवार, कार्तिक १२ गते २०८३
images
images

घरबेटीले भाडा छुट दिए नदिएको स्थानीय तहले अनुगमन गर्ने

घरबेटीले भाडा छुट दिए नदिएको स्थानीय तहले अनुगमन गर्ने

images
  • 1.2K
    SHARES

  • images
    images
    images
    घरबेटीले भाडा छुट दिए नदिएको स्थानीय तहले अनुगमन गर्ने
    images
    images
    images

    बैशाख १८ ,काठमाडौं । सरकारले लकडाउन अबधिभर शहरी क्षेत्रमा घरभाडामा बस्ने भाडामा बस्नेसँग भाडा नमाग्न सबै घरधनीलाई आग्रह गरेको छ ।
    बिहीबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सूचना तथा सञ्चारमन्त्री डा.युवराज खतिवडाले विपतको बेला आर्थिक आयस्रोत गुमाएका भाडावालाहरुसँग घरभाडा नमाग्न घरधनीहरुलाई आग्रह गरेका हुन् ।
    कोभिड–१९ को विषम परिस्थितिसँग जुधिरहेको सर्वसाधारण देखि उद्योग व्यवसायीहरुलाई समेत सम्बोधन गर्नेगरी आर्थिक प्याकेज ल्याएको सरकारले विभिन्न क्षेत्रमा काम गर्ने संगठित श्रमिकहरुलाई लकडाउन अवधिभर भाडा नमाग्न र पछि वातावरण सहज भएपछि माग्न अनुरोध गरेको हो ।
    त्यस्तै, यसअघि सरकारले गरेको एक महिनाको घरभाडाको छुट दिन समेत संबन्धित घरधनीहरुलाई अपिल गरेको छ । यदि त्यसो नभएमा सरकारले कडाइका साथ अनुगमन गर्ने र आवश्यक परे कारबाही समेत अगाडि बढाउने जनाएको छ । यसको जिम्मा स्थानीय तहलाई दिने निर्णय सरकारले गरेको छ ।

    गत महिना कोरोनाको प्रारंभिक आर्थिक असर सम्वोधन गर्न भन्दै सरकारले ल्याएको आर्थिक प्याकेजमा शहरी क्षेत्रमा घरभाडामा वस्ने असंगठित श्रमिकहरुलाई एक महिनाको घरभाडा छुट दिन घरधनीहरुलाई सरकारले आग्रह गरेको थियो ।

    images
    images
    images

    images
    images
    • बिहिवार, बैशाख १८ २०७७०३:३०:०८
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij