बुधवार, कार्तिक १२ गते २०८३

Logo बुधवार, कार्तिक १२ गते २०८३
images
images

नेपालमा संक्रमितको संख्या बढ्दै, बाँकेमा थप ७ जनामा कोरोना पुष्टि

नेपालमा संक्रमितको संख्या बढ्दै, बाँकेमा थप ७ जनामा कोरोना पुष्टि

images
  • 1.3K
    SHARES

  • images
    images
    images
    नेपालमा संक्रमितको संख्या बढ्दै, बाँकेमा थप ७ जनामा कोरोना पुष्टि
    images
    images
    images

    बैशाख २३,काठमाडौं। बाँकेको नेपालगञ्जमा थप सात जना कोरोना संक्रमित भेटिएका छन् । यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    नयाँ सातै जना संक्रमित बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ का हुन् । मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका अनुसार चार जना महिला र तीन जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।
    मंगलबार भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा ९, ३२, ३४ र ५५ वर्षका महिला तथा २२, ३० र ४० वर्षका पुरुषमा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । उनीहरु सबैको स्वास्थ्य सामान्य छ ।

    images
    images
    images

    यसअघि बाँकेमा एकैदिन १५ जना संक्रमित फेला परेका थिए । संक्रमितको संख्या बढेपछि नेपालगञ्जमा २५ गतेसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।

    बाँकेसँग सिमाना जोडिएको कर्णाली प्रदेशले कोरोना संक्रमण रोकथामका लागि सबै नाका बन्द गरेको छ । कर्णाली प्रदेशमा हालसम्म कोरोना संक्रमण पुष्टि भएको छैन ।

    images
    images
    • मंगलवार, बैशाख २३ २०७७०४:१४:२०
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij