सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

मैले मेरो देश देखिन

मैले मेरो देश देखिन

'मगर मन' थापा दाई

images
  • 449
    SHARES

  • images
    images
    images
    मैले मेरो देश देखिन
    images
    images
    images

    म जन्मेको त्यहीँ गाउँ, म हुर्केको त्यहीँ ठाउँ
    म त्यहीँ पाखापखेरुमा खेले त्यहीं हावापानी लाई झेले
    म त्यहाको अनेक विविधता देखे
    तर मैले मेरो देश देखिन मैले मेरो स्वाभिमान भेटिन, 

    भन्छन् हिमालको देश हो यो, शान्तिको तपोभुमी हो यो
    मैले हिमालको चुचुरो देखे, शान्तिको दुत बुद्धको
    जन्मभुमि देखे
    अनि साच्चै स्वच्छ र शान्त वातावरण भेटे 
    तर मैले मेरो देश देखिन मैले मेरो स्वाभिमान भेटिन,

    images
    images
    images

    निडर वीर हरुको सन्तान रे हामी,
    न झुके पुर्खा न झुक्न जान्यौ हामी
    हो मैले वीर हरुको कथा पढे 
    अनि त्यो निडरता र इमानदारीताको उपहार देखे
    वीरता देखे इमानदारीता भेटे,

    तर मैले मेरो देश देखिन मैले मेरो स्वाभिमान भेटिन

    मैले निर‌ङ्कुशताको शासनको इतिहास पढे,
    अनि निरङ्कुश भित्रको त्यो अन्याय अत्याचार पढ़े
    तर त्यहा बेइमानी भेटिन
    झुठ देखिन स्वाभिमान झुकेको देखिन
    अनि मेरो देश डुबेको देखिन,

    तर मैले मेरो देश देखिन मेरो स्वाभिमान भेटिन

    देश थियो स्वाभिमान थियो तर जनताको अधिकार थिएन
    सुख शान्ती र जनता लाई न्याय थिएन
    देश थियो स्वाभिमान थियो बेइमानी थिएन,

    तर आज मैले मेरो देश देखिन मेरो स्वाभिमान भेटिन

    जनताको अधिकार खोज्दै
    सुखशान्ती र सुव्यवस्था भन्दै
    निरङ्कुश गयो, पन्चायत गयो, राजतन्त्र गयो
    अनि छिमेकीको हस्तक्षेप आयो
    मेरो स्वाभिमान गयो

    मैले मेरो देश देखिन मेरो स्वाभिमान भेटिन

    जनताकै लागी बहुदलीय व्यवस्था आयो 
    व्यवस्था परिवर्तन भयो, जनताको अवस्था परिवर्तन
    भएन,

    जनताकै लागि लोकतन्त्र आयो, गणतन्त्र उडायो
    जन र लोक हरायो यहाँ तन्त्र मात्र उदायों
    कथै मेरो देश उडाएन 

    मैले मेरो देश देखिन मेरो स्वाभिमान भेटिन

    'मगर मन' थापा दाई

    भरतपुर चितवन 

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij