मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

धुलोहरुको शहर

धुलोहरुको शहर

लुम्बिनी पाना - साहित्य

images
  • 606
    SHARES

  • images
    images
    images
    धुलोहरुको शहर
    images
    images
    images

    धुलो म निर्दोष छु, 

    पैदल हिंड्छौ टेकेर जान्छौं 
    गाडीमा आउछौं उडाएर जान्छौं 

    images
    images
    images

    कहिले खाडल खन्छौँ, धुलो बनाउछौ 
    कहिले पानि हाल्छौ, हिलो बनाउछौ 
    हिलो भए पनि गालि मलाई
    धुलो भए पनि गालि,

    म धुलो निरह छु, निर्दोष छु, 
    बाइक स्कुटी चिप्लियो मलाईनै गाली 
    रुघाखोकी लाग्दा मलाईनै गाली 
    व्यापारमा मन्दी आउदा,
    मलाईनै गालि 

    म धुलो निरह छु , निर्दोष छु, 

    अफिस जादा धुलो 
    स्कुल जादा धुलो 
    जागीर खान जादा धुलो

    'अँध्याराको काम खोलाको गीत'
    भने जस्तो अर्थहीन काम गरेका छन् 
    तिमी तिम्रा नेतालाई प्रश्न गर्न सक्दैनौं 
    आफै एक आपसमा लडेका छन् ।

    एउटै काम गर्न बर्षौ लगाउछन 
    आज बनायो, भोलि भत्काउछन
    न कुनै योजना छ न कुनै जिम्मेवारी 

    गाली मलाई होइन, तिम्रा नेताहरूलाई गर 

    म धुलो निर्दोष छु निरीह छु,
    तिमी धुलो भएका हैनौ
    तिमिले बोकेको नेता 
    तिमिले मान्ने विचार 
    र तिम्रो नेतृत्वकर्ता धुलो भएका हुन् 
    म निर्दोष छु ।

    images
    images

    निर्मल (एसपी) थापा

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij