मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

बागलुङ पैयुँपाटाका विद्यार्थी पढ्दै पञ्चेबाजा बजाउन सिक्दै

बागलुङ पैयुँपाटाका विद्यार्थी पढ्दै पञ्चेबाजा बजाउन सिक्दै

images
  • 226
    SHARES

  • images
    images
    images
    बागलुङ पैयुँपाटाका विद्यार्थी पढ्दै पञ्चेबाजा बजाउन सिक्दै
    images
    images
    images

    बागलुङ । बागलुङ नगरपालिका-१३ पैयुँपाटास्थित त्रिभुवन माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी पञ्चेबाजाका संरक्षणमा जुटेका छन् । कक्षा २ देखि १० सम्मका छात्रर छात्रा अध्ययनको अतिरिक्त विद्यालयमा बाजा बजाउने कला पनि सिक्ने गर्दछन् । विद्यालयले हालै आफ्नो ७४ औँ वार्षिकोत्सव मनाउँदा बालबालिकाले पञ्चेबाजा बजाएका थिए । विद्यालयका शिक्षक थमबहादुर परियारले विद्यार्थीलाई बाजा बजाउन सिक्नका लागि प्रेरित गरिराखेका छन भने बिदाको समय सिकाउनेसमेत गर्दै आएका छन ।

    कक्षा ९ का विराज परियार सनाई, कक्षा २ का विहान परियार ढोलक, कक्षा ५ का आयुस परियार र कक्षा ७ का पृथ्वी परियारले ट्याप्पो बजाउँछन । कक्षा १० मा पढ्ने रेश्नुका परियार झ्याली बजाउँछन भने कक्षा ४ मा अध्ययन रतदिप्सन परियार र कक्षा ६ मा पढ्ने सक्षम परियारले कर्नाल बजाउने गरेका छन । कक्षा ३ मा अध्ययनरत आयन परियार र कक्षा ४ मा अध्ययनरत विहान परियारले दमाहा बजाउने गरेका छन । उनीहरू सबैले घरमा राखेको बेलामा बजाउँदा सिकेको शिक्षक थमबहादुर जानकारी दिए । पछिल्लो सयम गाउँमा बाजा बजाउनेको सङ्ख्या नपुग्ने भन्दै साना विद्यार्थीले बजाउन थालेपछि पञ्चेबाजा संरक्षण हुने आशा जागेको उनको भनाइ छ ।

    images
    images
    images

    “पहिले गाउँमा बाजा बजाउने टोली धेरै थिए, अहिले युवाले बजाउन लाज मान्छन्, बूढापाकाले नसक्ने भएपछि बाजा बजाउने चलन हराउँछ कि भन्ने डर थियो, अहिले हाम्रा नानीबाबुले धेरै रुचि राखेर बजाउन थालेका छन्”, शिक्षक थमबहादुरले भने, “मैले पनि राम्रोसँग सिक्नुपर्छ भनेर सिकाउने प्रयास गरेको छु, एक टोली १० जनाको हुन्छ, विद्यालयले बाजा बजाउने एक टोली उत्पादन गर्ने देखिएको छ, नयाँ पुस्ताले नसिके बाजा बजाउने प्रचलन लोप हुने अवस्थामा पुगेको छ ।”

    बाजा बजाउने परम्परागत चलन भएको हुँदा आफूहरूले सिकेको रेश्नु परियारले बताए । सानैदेखि वरपरका साथीसँग मिलेर बजाएको सुनाउँदै अहिले घरमा राखेका बाजा लिएर विद्यालयको कार्यक्रममा बजाउने गरेको उनको भनाइ छ । सीप र ताल मिले जसले पनि बाजा बजाउन हुने उनले बताए । अहिले साना भाइबहिनीले पनि धेरै रुचि राखेको उनको भनाइ छ ।

    उनले भने, “बाजा बजाउन गाह्रो छैन, सजिलो छ, गाउँघरमा बाजा बजाउने हुँदा हामीले पनि त्यही देखेर सिकेको हो, पहिले धेरै बाजा बजाउने मान्छे हुन्थे, अहिले निक कम भएको छ, अहिले हामी स्कुलमा पढ्ने साथीसँग मिलेर बजाउने गरेका छौँ, सरहरूले पनि हौसला दिनुभएको छ, उहाँहरुको साथले प्रेरणा मिलेको छ, साना भाइहरूले पनि बजाउन सिक्दैछन्, दाइदिदीबाट पनि अझै राम्रो बजाउन सिकिरहेका छौँ ।”

    विद्यालयमा बाजा बजाउने अधिकांश छ देखि १५ वर्ष उमेर समूहका विद्यार्थी छन् । प्रधानाध्यापक तिलक आचार्यले विद्यार्थीलाई बाजा बजाउन प्रेरित गर्नका लागि पञ्चेबाजा सङ्कलन अभियान सुरु गरेको जानकारी दिए । अहिले विद्यालयमा एउटा पनि बाजा नहुँदा सिकाउन नसकेको उनको भनाइ छ । विद्यार्थीलाई किताबी ज्ञानसँगै अन्य क्षमतालाई प्रस्फुटन गर्ने वातावरण तयार गरेको जनाउँदै उनीहरूलाई सक्षम बनाउनतर्फ लागेको प्रधानाध्यापक आचार्यले बताए ।

    “बाजाको अभाव छ, बाजा हुने हो भने विद्यालयमा सिकाउन सकिन्थ्यो, अहिले घरमा आफ्ना बाबुबाजेले बजाएको देखेर बजाउँदै आएका छन्, बाजा सङ्कलन कोष स्थपना गर्नका लागि आर्थिक सङ्कलन अभियान चलाएका छौँ”, प्रधानाध्यापक आचार्यले भने, “बाजा बजाउने उनीहरूको प्रतिभा हो, यसलाई प्रोत्साहन गरिरहेका छौँ, सैद्धान्तिकसँगै व्यवहारिक शिक्षा दिनुपर्छ भन्ने मान्यताले बाजा बजाउनतर्फ प्रेरित गरिरहेका छौँ, बाजा बजाउन सिके विद्यार्थीले भविष्यमा यसैबाट जीविकोपार्जन गर्न सक्छन् ।”

    अहिले बाजाको माग निकै बढिरहे पनि बजाउने मान्छेको अभाव खट्किँदै गएको छ । बागलुङ पञ्चेबाजाका लागि प्रख्यात मानिन्छन्, तर पछिल्लो समय बाजा बजाउने दक्ष युवाशक्तिले चासो नदिँदा लोप हुने अवस्थामा पुगेको छ । मेला, महोत्सव, विवाह, व्रतबन्ध तथा शुभकार्यमा बजाइने पञ्चेबाजा अचेल कमै मात्रामा बज्ने गर्छन् । बाजाका सट्टा ठूला-ठूला साउण्ड सिस्टममा ‘रेकर्डेड’ गीत बजाइने गरिएको छ । कहीँ बाजा बजाउने जनशक्ति छैनन्, कहीँ भएर पनि बजाउन चासो दिँदैनन् । यसकारण मौलिक पञ्चेबाजा संरक्षणमा चुनौती बढेको छ ।रासस 

    images
    images

    लुम्बिनी पाना

    • बुधवार, माघ ३ २०८०११:३९:४४
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij