बुधवार, कार्तिक १२ गते २०८३

Logo बुधवार, कार्तिक १२ गते २०८३
images
images

स्वदेश फर्कने पर्खाइमा भारतीय क्वारेन्टाइनमा रहेका नेपाली

स्वदेश फर्कने पर्खाइमा भारतीय क्वारेन्टाइनमा रहेका नेपाली

images
  • 1.4K
    SHARES

  • images
    images
    images
    स्वदेश फर्कने पर्खाइमा भारतीय क्वारेन्टाइनमा रहेका नेपाली
    images
    images
    images

    वैशाख २६, कञ्चनपुर। सीमावर्ती भारतीय बजारका क्वारेन्टाइनमा बसेका नेपालीहरु स्वदेश फर्कने पर्खाइमा रहेका छन्। कोरोना भाइरसको संक्रमण रोकथामका लागि सीमा नाका बन्द भएदेखि कञ्चनपुरका सीमा क्षेत्र भारतका वनवसा, टनकपुर र खटिमाका क्वारेन्टाइनमा २६१ जना नेपाली बस्दै आएका छन्। क्वारेन्टाइन अवधि पूरा भए पनि सीमा नाकामा प्रवेश नदिइँदा उनीहरु करिब एक महिनादेखि भारतीय क्वारेन्टाइनमा बस्दै आएका छन्। दार्चुला र बैतडीझै सीमा नाका प्रवेश दिई स्वदेश फर्कने वातावरण बनाई दिन उनीहरुले आग्रह गर्दै आएका छन्। भारतको उत्तराखण्ड राज्य सरकारले सञ्चलन गरेको क्वारेन्टाइनमा ४३ दिनदेखि बस्दै आएका कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटाका सुरज परियारले नेपालमै क्वारेन्टाइनमा बस्ने व्यवस्था गरी स्वदेश फर्कन दिनुपर्ने माग गरे। भारतमा लकडाउन कडाइका साथ लागु गरिएपछि काम गर्दै आएको साहजहाँपुरमा काम बन्द भएपछि खानका लागि पैशा नभएकाले पैदल हिँडेर आउने क्रममा भारतीय सुरक्षाकर्मीले खटिमा क्षेत्रबाट नियन्त्रणमा लिई क्वारेन्टाइनमा राखेको उनले बताए। सुरजका उनी बसेको क्वारेन्टाइनमा ३० जनाभन्दा बढी नेपाली छन्।

    जसमा वृद्धवृद्धा, महिला र बालबालिका समेत छन्। सोही क्वारेन्टाइनमा बस्दै आएका धादिङ, नेत्रावतीका शंकर पन्तले भारतीय क्वारेन्टाइनबाट उद्धार गरी छिटो घर फर्काउन आग्रह गरेका छन्। चार महिनाअघि मजदुरी गर्न भारतमा आएको उल्लेख गर्दै उनले काम सबै बन्द भएपछि तीन महिना काम गरेर कमाएको रकम खाना खर्चमै सिद्धिएकाले विचल्लीमा परेको बताए।

    images
    images
    images

    कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका मानबहादुर महराले भारतीय क्वारेन्टाइनमा खान बस्नका लागि खासै समस्या नभए पनि सबै जनामा नेपाल फर्कने चाहना भएको बताए। ‘लामो समयदेखि क्वारेन्टाइनमा बस्नुपर्ने भएकाले परिवार सम्झिन थालेका छन्,’ उनले भने, ‘अधिकांशमा मानसिक तनाव देखिन थालेको छ। दार्चुला, बैतडीका नाकाबाट धेरैलाई प्रवेश दिइएको कुरा सुनेपछि सबैजना घर जाने बाटो कुरेर बसेका छौं।’ भारतको टनकपुरस्थित धर्मशालामा बैतडीको पुर्चौडी नगरपालिकाका करन बोहरासहित चार जनालाई राखिएको छ। धर्मशालामा राखिएका चारै जनाको स्वास्थ्य चेकजाँच नगरी भारतीय प्रहरीले राखेको हो। क्वारेन्टाइनमा गुणस्तरहीन खाना उपलब्ध गराइँदै आएको उनीहरुको गुनासो छ।

    गुणस्तरहीन खाना दिएकाले केही दिन आफ्नै रकमले खाना व्यवस्था गरे पनि नेपाल फर्किने रकम समेत सिद्धिएको बताउँछन्। बोहोराले भने, ‘हाल दुईजना एक बिष्कुट खाएर बस्न बाध्य छौं। हाम्रो उद्धार गरिदिनु पर्यो।’ कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले भारतीय सीमावर्ती बजारका क्वारेन्टाइनमा बस्दै आएका नेपालीहरुलाई ल्याउनका लागि केन्द्रमा सिफारिस गरिएको तर कुनै जवाफ नआएको बताए।

    सरकारको निर्णय नहुँदा केही गर्न नसकिने उनको भनाइ छ , भारतीय सीमावर्ती क्षेत्रका क्वारेन्टाइनमा पुगेर अनुगमन गरी जानकारी लिएर यसबारे मन्त्रालयमा रिपोर्ट समेत गरिएको उनले बताए। ‘रिपोर्ट गरे पनि त्यसबारे केही निर्णय आएको छैन,’ उनले भने, ‘सीमा क्षेत्रको शुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउने कुरा मात्रै आएको छ।’ भारतको सीमावर्ती बजार खटिमाका दुई ठाउँमा ४७, वनवसाका दुई ठाउँमा ७६ जना र टनकपुरका पाँच ठाउका क्वारेन्टाइनमा १३९ गरी २६१ जना रहेका छन्।

    images
    images
    • शुक्रवार, बैशाख २६ २०७७०३:५७:२९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij