माघ ७, बुटवल । जाडो बढेपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले विद्यालयलाई आजदेखी ४ दिन जाडो विदा दिएको छ । नगरपालिका शिक्षा शाखा अधिकृत उपसचिव गङ्गाराम आचार्यले एक सूचना जारी गरि नगर भित्रका सबै विद्यालयमा माघ ७ गतेदेखि १० गतेसम्म विदा दिने बताएका हुन् ।

‘यस नगरपालिका अन्तर्गत संचालित सामुदायिक तथा संस्थागत विद्यालयहरुमा गरिने जाडो बिदा वार्षिक विदामा समायोजन हुने गरि २०८०/१०/०७ गतेदेखि मिति २०८०/१०/१० गते चार दिनसम्मको लागि जाडो बिदा गरिएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।’- सूचनामा भनिएको छ ।
यस अघि बुटवल उपमहानगरपालिका र सैनामैना नगरपालिकाले पनि चिसो बढेपछि जाडो विदा दिइएको सूचना जारी गरिसकेका छन् ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij