देवदह । रुपन्देहीको देवदहमा न्यानो लुगा वितरण गरिएको छ । देवदह नगरपालिका स्थित सिता माविका पूर्व विद्यार्थीहरुले उक्त विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीहरुलाई न्यानो लुगा अन्तर्गत ५९ थान स्वीटर वितरण गरेका हुन ।
२०६८ साल एस एल सी ब्याचका पदम बहादुर आलेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा देवदह १० का वडा अध्यक्ष यक बहादुर सुनारले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सहयोग गरेकोमा धन्यवाद ब्यक्त गर्नु भयो । उक्त विद्यालयका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी समेत रहेका सुनारले विद्यालय सुधार गर्न निकै चुनौतीहरुको सामना गर्नु परेको भएता पनि सिता माविलाई नमुना विद्यालय बनाउन प्रतिबद्ध रहेको बताउनु भयो ।
छात्रबृत्ति कोषदाता तथा युवा समाजसेवी सुरेश रानाको स्वागत तथा शिक्षक शिव क्षेत्रीको संचालनमा भएको कार्यक्रममा सहायक प्रधानाध्यापक पुरुषोत्तम ज्ञवाली, दुर्गा पान्चायन मन्दिरका अध्यक्ष भोजराज आचार्य,पूर्व विद्यार्थी विकास पुन,छापु गाहा, सरोज सिंह ठकुरी लगायत शिक्षक तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij