बुधवार, कार्तिक १२ गते २०८३

Logo बुधवार, कार्तिक १२ गते २०८३
images
images

कोरोनाबाट विश्वभर छ हजार नेपाली संक्रमित, ७८ को मृत्यु

कोरोनाबाट विश्वभर छ हजार नेपाली संक्रमित, ७८ को मृत्यु

images
  • 885
    SHARES

  • images
    images
    images
    कोरोनाबाट विश्वभर छ हजार नेपाली संक्रमित, ७८ को मृत्यु
    images
    images
    images

    विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ७८ पुगेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार सबैभन्दा बढी बेलायतमा ५१ जनाको मृत्यु भएको छ ।
    यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । समितिका अनुसार न्युयोर्कमा १२, कोलोराडोमा दुई र भर्जिनियामा एक जनाको मृत्यु भएको हो । यस्तै संयुक्त अरब इमिरेट्स (युएर्इ) मा ६ तथा आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्डस, बहराइन र स्वीडेनमा एकएक जनाको कोरोना भाइरसका कारण ज्यान गएको समितिका संयोजक डा सञ्जीव सापकोटाले जानकारी दिए ।

    कोरोना भाइरसका कारणले निधन हुनेमा यो हप्ता थप पाँच जनाले ज्यान गुमाएका हुन् । ज्यान गुमाउनेमा बेलायतका दुई तथा स्वीडेन, बहराइन र युएईका एकएक थपिएका छन् । संयोजक डा सापकोटाका अनुसार नेपालबाहेक विश्वभर पाँच हजार ४७२ गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित छन् ।
    संक्रमितमध्ये दुई हजारभन्दा बढी नेपाली कोरोना भाइरसबाट मुक्त भएको अनुमान सो समितिले गरेको छ । सापकोटाका अनुसार विदेशमा रहेका नेपाली समुदायमा कोरोना भाइरस संक्रमणको गति गत साताभन्दा कम हुँदै गएको छ ।

    विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सकको समूहले तयार पारेको सो आँकडानुसार नौ देशमा गैरआवासीय नेपालीको ज्यान गएको छ भने बाँकी २० देशमा रहेका नेपाली कोरोना भाइरसबाट संक्रमित छन् ।

    स्वास्थ्य समितिका अनुसार कतारमा दुई हजार तीन सय, अमेरिकामा एक हजार पाँच सय, बेलायतमा एक हजार, बहराइनमा २४५, युएइमा १४९, नेपालमा १०९, कुवेतमा ७८, मलेसियामा ४९, साउदी अरबमा ३०, पोर्चुगलमा २६, आयरल्याण्डमा २२, स्पेन र अष्टे«लियामा १२–१२, जापान र क्यानडामा १०–१०, बेल्जियममा छ, स्विट्जरयाण्डमा पाँच, जर्मनी र फिनल्याण्डमा चारचार, साइप्रस र न्युजिल्याण्डमा तीनतीन, माल्दिभ्स, माल्टा र हङ्गकङ्गमा दुईदुई तथा म्यानमा र फ्रान्समा एकएक गैरआवासीय नेपालीलाई कोरोना संक्रमण भएको छ । यो साता फिनल्याण्ड र स्वीडेन (एक मृत्यु) मा नेपालीमा नयाँ संक्रमण देखिएको एनआरएन, कोडिभ –१९, उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए ।

    images
    images
    images

    ३५ हजारलाई राहत
    एनआरएनले कोभिड –१९ बाट प्रभावित देशमा राहत वितरण भइरहेको जनाएको छ । संस्थाका महासचिव डा हेमराज शर्माका अनुसार ४६ देशका २७० भन्दा बढी क्षेत्र ९शहर० मा एक हजार ६ सयभन्दा बढी स्वयंसेवक राहत वितरणमा सक्रिय छन् ।

    पैँतीस हजारभन्दा बढी गैरआवासीय नेपालीले प्रत्यक्षरुपमा राहत सामग्री (खाना, मास्क, स्यानिटाइजर, औषधि आदि) प्राप्त गरेको संस्थाले जनाएको छ ।

    एनआरएनएले विभिन्न देशमा सञ्चालन गरेको २४ सै घण्टा हटलाइन सेवामार्फत ३६ हजारभन्दा बढी नेपालीलाई वन टु वन परामर्श (राहत, भाषा अनुवाद, स्थानीय कानून, रोजगारी, नेपाल फर्किने आदि) दिएको जनाएको छ ।

    संस्थाले चीनबाट कोरोना भाइरसको संक्रमण शुरु भएलगत्तै एनआरएनका अध्यक्ष कुमार पन्तका अध्यक्षतामा कोभिड –१९ उच्चस्तरीय समिति गठन गरेर आफ्ना गतिविधि तीव्र बनाएको थियो ।

    स्वास्थ्य समितिले विदेशस्थित विभिन्न अस्पतालमा कार्यरत करीब ३५ नेपाली चिकित्सक, नेपाली कूटनीतिक नियोग, एनआरएनका शाखा तथा स्थानीय संघसंस्थाद्धारा प्राप्त सूचनालाई मुख्य आधारलाई मानेर हरेक आइतबार विदेशमा रहेका नेपालीको कोरोना संक्रमणको अनुमानित तथ्यांक सार्वजनिक गर्दै आएको छ ।
    रासस

    images
    images
    • आइतवार, बैशाख २८ २०७७०५:०९:३१
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij