देवदह । रूपन्देहीको देवदह नगरपालिका वडा नं ४ मा अवस्थित महामाया भवानी माध्यमिक विद्यालयको स्वर्ण महोत्सव तथा ५३ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको नगरस्तरिय अन्तर माध्यमिक विद्यालय अंग्रेजी निबन्ध लेखन प्रतियोगितामा देवदहको सगरमाथामा आवासिय माध्यमिक विद्यालय प्रथम भएको छ । प्रतियोगितामा ७०.२ अंक प्राप्त गर्दै सगरमाथाकी शिक्षा पौडेल प्रथम भइन्
प्रतियोगितामा ६८.४ अंक प्राप्त गर्दै बुद्ध पब्लिक आवासीय माविकि छात्रा निर्मा थापा दोस्रो भएकी छन् भने ६४ अंक सहित ग्रीनप्लान्ट आवसिय माविका छात्रा सुसान्त पाण्डे तेस्रो भएका छन् । उ
प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमश: ३ हजार, २ हजार र १ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको कार्यक्रमका संयोजक मीन प्रसाद भट्टराईले जानकारी दिए ।
प्रतियोगितामा विजेता विद्यालयलाई कार्यक्रमका प्रमुख अतिथी शिक्षा विकास तथा समन्वय इकाई रूपन्देहीका प्रमुख माधव बन्जाडे, शिक्षाविद प्रा डा विद्यानाथ कोइराला लगायतले पुरस्कार वितरण गरेका थिए । त्यसैगरी विद्यालयमा संचालित सप्ताहव्यापी कार्यक्रममा मंगलबार आयोजित रक्तदान कार्यक्रममा ३७ युनिट रगत संकलन भएको छ ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij