बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

आज ग्याल्पो ल्होसारको अवसरमा देशभर सार्वजनिक बिदा

आज ग्याल्पो ल्होसारको अवसरमा देशभर सार्वजनिक बिदा

images
  • 1.4K
    SHARES

  • images
    images
    images
    आज ग्याल्पो ल्होसारको अवसरमा देशभर सार्वजनिक बिदा
    images
    images
    images

    लुम्बिनी पाना । आज नेपालका शेर्पा समुदायले ग्याल्पो ल्होसार पर्व मनाउँदैछन् । नयाँ वर्षका रुपमा शेर्पा समुदायले आज २१५१ औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन, मेघ, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ ।

    ग्याल्पो ल्होसारको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसारको अवसरमा विविध कार्यक्रमको आयोजना गरि मानाइदैछ  ।

    images
    images
    images

    ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्यरुपमा मनाइन्छ । ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरु गरिएको विश्वास गरिन्छ। यो ल्होसारलाई कसैले ग्याल्पो र कसैले ग्याल्बो उच्चारण गर्ने संस्कृतिविद्हरु बताउँछन् ।

    विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होसार हाल २२ जिल्लामा मनाइन्छ । शेर्पा जातिको बसाइ सराइसँगै यो पर्व मनाउने जिल्ला बढेका हुन् ।

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij