मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

सगरमाथा आवासीय माविको आयोजनामा खाना महोत्सव तथा नृत्य प्रतियोगिता

सगरमाथा आवासीय माविको आयोजनामा खाना महोत्सव तथा नृत्य प्रतियोगिता

images
  • 432
    SHARES

  • images
    images
    images
    सगरमाथा आवासीय माविको आयोजनामा खाना महोत्सव तथा नृत्य प्रतियोगिता
    images
    images
    images

    फागुन २९, देवदह । रुपन्देहीको देवदहमा सगरमाथा खाना महोत्सव तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ । स्वर्णिम सगरमाथा आवासीय माध्यमिक विद्यालयको कक्षा १२ को आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । 

    विद्यालयको कक्षा १२ होटल म्यानेजमेण्ट विषय लिएर अध्ययनरत विद्यार्थीहरुले आफुले सिकेका ज्ञान र सीपलाई व्यवहारमा देखाउने गरी कार्यक्रमको आयोजना गरेको विद्यालयले जनाएको छ । कितापी ज्ञानलाई व्यवहारिक शिक्षाको रुपमा कार्यान्वयन गर्नको लागि खाना महोत्सवको अयोजना गरेको विद्यालयका प्रार्चाय कृष्णप्रसाद पौडेलले जानकारी दिनु भयो । 

    images
    images
    images

    कक्षा १२ का विद्यार्थी आरएन सोमैको अध्यक्षता र स्वर्णीम सगरमाथा कलेज व्यवस्थापन समितिका अध्यक्ष ऋषिराम सापकोटाको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा बोल्ने वक्ताहरुले शिक्षालाई व्यवसायीक र व्यवहारिक बनाउन आवश्यक रहेकोमा जोड दिएका थिए । उनीहरुले शिक्षालाई कितापी ज्ञानको रुपमा मात्र नभई व्यवहारिक शिक्षाको रुपमा लैजान आवश्यक रहेको बताएका थिए । उनीहरुले अवका नया पिढीलाई संस्कार सहितको शिक्षा प्रदान गर्ने गरी विद्यालयहरु लाग्नु पर्ने बताउदै सगरमाथा आवासीय माध्यमि विद्यालयले व्यवहारिक शिक्षालाई जोड दिएको बताएका थिए ।

    कार्यक्रममा विद्यालयका प्रार्चाय कृष्णप्रसाद पौडेल लगायतले आ–आफना भनाई राख्नु भएको थियो । कार्यक्रममा नन्दनी गुरुङ्गको समुह प्रथम, गंगा गुरुङ्गको समु द्धितिय, विनिशा गुरुङ्गको समुह तृतिय भएको विद्यालयले जनाएको छ । प्रतियोगिताका विजेताले नगद ३ हजार, २ हजार र १ हजार प्राप्त गरेका छन् । यसैगरी सोही अवसरमा घैटोफोर कार्यक्रम समेत सम्पन्न भएको छ ।

    घैटो फोरमा विद्यालयका सहायक प्रार्चाय प्रदीप अधिकारीले जित्न सफल भएको थियो । कार्यक्रममा ज्योति थापा र आयुषा न्यौपानेले निर्णायकको भूमिका निर्वाह गर्नु भएको थियो । विद्यालयका सहप्रार्चाय प्रदीप अधिकारीको स्वागत, भिमाकुमारी गुरुङ्ग र सन्तोषी सापकोटाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij