देवदह । देवदहमा आधारभूत तह उत्तीर्ण परीक्षा (कक्षा ८) को नतिजा सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक भएको नतिजा अनुसार कक्षा ८ मा सामुदायिक र संस्थागत गरि ३० वटा विद्यालयबाट १७ सय १६ जना परीक्षार्थीले प्रवेश पत्र लिएका थिए। तर ३५ जना विद्यार्थी अनुपस्थित रहेको देवदह नगरपालिका शिक्षा शाखाले जनाएको छ।

परिक्षामा सहभागी परीक्षार्थी मध्ये ७ सय ४९ जना ४४.५५ विद्यार्थीले आधारभूत तह पार गरेका हुन्। सबै भन्दा धेरै केरवानी माविबाट १ सय ३१ विद्यार्थी सहभागी भएकोमा ४८ जना विद्यार्थी उतिर्ण भएका छन्। यो ३६ दशमलव ६४ प्रतिशत हो।
खड्क मावि देवदह -१ बाट ४९ परिक्षार्थि मध्ये जम्मा १ जना र शंकरपुर आधारभूत विद्यालय देवदह -११ बाट २६ जना विद्यार्थी मध्ये जम्मा १ जना विद्यार्थी उतिर्ण भएका छन्।
देवदह ७ को ग्रीन प्लान्ट आवासीय माविबाट १ सय जना परिक्षार्थि सहभागी भएकोमा ७८ जना विधार्थी उतिर्ण भएका छन्। सोहि विद्यालयका आकृति अधिकारीले ३ दशमलव ९४ जीपीए प्राप्त गरि नगरमै उत्कृष्ट नतिजा प्राप्त गर्न सफल भएका छन्।
त्यस्तै भविष्य निर्माण माविबाट ८५ सहभागी विद्यार्थी मध्ये ४३ जना उतिर्ण भएका छन्। उक्त विद्यालय बाट सहभागी भएका गगन पौडेलले ३ दशमलव ९४ जीपीए प्राप्त गरि नगरमै उत्कृष्ट नतिजा प्राप्त गर्न सफल भएका छन्।
न्यू लुम्बिनी बोर्डिंग स्कुल देवदह ५ बाट १७ जना परिक्षार्थि सहभागी भएकोमा शत प्रतिशत उतिर्ण भएका छन्।

Copyright © All right reserved to Lumbini Pana Site By: Sobij