देवदह । रुपन्देहीको देवदह ७ मा अवस्थित बुद्द पब्लिक आवासीय माविमा २५६८ औं बुद्ध जयन्तीको अवसरमा बुद्दजयन्ती विशेष कार्यक्रम सम्पन्न भएको छ । देवदह नगरपालिकामा शैक्षिक धरोहरको रुपमा रहेको देवदह बुद्ध पब्लिक आवासीय माविमा बुद्द प्रवचन कार्यक्रम सम्पन्न भएको हो।
कक्षा नर्सरीदेखि कक्षा ९ सम्मका विद्यार्थीहरूका बिच सम्पन्न उक्त कार्यक्रममा बुद्ध र देवदह, बुद्धका उपदेशहरु, शान्ति स्थापना गर्न मानिसले के-के काम गर्नसक्छ भन्ने विषयमा विद्यालयका शिक्षकहरुले प्रवचन दिनुभएको थियो । सो अवसर मा विद्यार्थीलाई जातीय संस्कृतिको संरक्षण, प्रबर्द्धन, प्रचार अनि अपनत्व र गर्वको महसुश गराउने उदेश्यले विद्यार्थीलाई आफ्नो जातीय पोशाकमा उपस्थित गराइएको थियो।
कार्यक्रममा मन्तव्य व्यक्त गर्दै विद्यालयका प्रीन्सिपल तथा कार्यक्रमका प्रमुख अतिथि कृष्णप्रसाद गैरेले हामी सबै हिंसाका बिरोधी र शान्तिका पुजारी बन्नु पर्ने कुरामा जोड दिनुभएको थियो । संस्कृतिको जगेर्नाका लागि बुद्ध पूर्णिमा जस्तै अन्य पर्वहरूको अवसरमा कम्तीमा महिनाको एक पटक जातीय पोशाक विद्यार्थीले लगाउनु पर्ने कुरा समेत उहाँले जोड दिनुभयो ।
विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख अनन्तराम भण्डारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा वेद सूर्यवंशी, बलराम ज्ञवाली, मुक्ति विश्वकर्म, दुर्गा ढुङ्गाना, लगायत शिक्षक, शिक्षिकाकाले आ आफ्नो धारणा राख्नु भएको थियो। विद्यार्थीलाई बद्धजस्तै ज्ञानी, सदाचारी त्यागी बन्दै आफू जन्मेको देशको नामलाई संसार भरी फैलाउने शक्ति विद्यार्थीमा रहेको कुरामा जोड दिँदै सबैलाई त्यसतर्फ लाग्न शुभकामना दिनु भयो ।
आफ्नो जातीय पोशाकमा विद्यालय आउन पाएकोमा विद्यार्थीहरु खुशी देखिन्थे। उक्त कार्यक्रम विद्यालयका निमावि इन्चार्ज अन्जना ओलीको स्वागत तथा अतिरक्त क्रियाकलाप प्रमुख ढुण्डिराज मरासिनीको सञ्चालनमा सम्पन्न भएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij