मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

बुद्ध जयन्तीको अवसरमा न्यू लुम्बिनीमा विविध कार्यक्रम

बुद्ध जयन्तीको अवसरमा न्यू लुम्बिनीमा विविध कार्यक्रम

images
  • 603
    SHARES

  • images
    images
    images
    बुद्ध जयन्तीको अवसरमा न्यू लुम्बिनीमा विविध कार्यक्रम
    images
    images
    images

    देवदह । न्यू लुम्बिनी ई.बो. स्कुल देवदह ५ खैरेनीमा २५६८ औं बुद्ध जयन्तीको अवसरमा एक कार्यक्रमको बिच तहगत विभिन्न कार्यक्रमहरू सम्पन्न भएको छ। 

    माध्यामिक तहमा सम्पन्न सदनात्मक वक्तृत्वकला प्रतियोगितामा सयपत्री सदनको ज्योती पौडेल प्रथम, लालिगुरास सदनको रोशनी थापा द्धितिय र सुनगाभा सदनका आयुष गुरुङ तृतीय हुन सफल भएका छ । उक्त प्रतियोगितामा शिक्षक डिलाराम घिमिरे र लक्ष्मी रेश्मी मगर रानाले निर्णायकको भूमिका निभाउनु भएको थियो । 

    images
    images
    images

    त्यसेगरी आजै सम्पन्न प्राथमिक तहमा सम्पन्न कक्षागत निबन्ध लेखन प्रतियोगितामा कक्षा एक बाट लियाना डम्बरपाल प्रथम, प्रमिश फाल द्वितीय र दृष्टी श्रेष्ठ तृतीय, त्यसै गरि कक्षा दुईबाट सक्षम श्रेष्ठ प्रथम, प्रकृती कडेल द्वितीय र एलेक्सा खाम्चा तृतीय हुन सफल भएको थियो । 

    त्यसैगरी कक्षा तीनबाट रोशनी भट्टराई प्रथम, प्रमिशा गुरुङ्ग,द्वितीय र लक्ष्मी थापा तृतीय भएको थियो भने कक्षा चार बाट सन्देश सारु प्रथम, अन्जु ढेंगा द्वितीय र करिना लामिछाने तृतीय हुन सफल भएको थियो र कक्षा पाचबाट गुञ्जन पाण्डे प्रथम, मञ्जु ढेंगा द्वितीय र सेजल शर्मा तृतीय हुन सफल हुनुभएको थियो र उक्त प्रतियोगितामा शिक्षक फूलमाया थापा र रुस्मिता रानाले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो।

    त्यसैगरी आजै सम्पन्न पूर्व प्राथमिक तहको कक्षागत चित्रकला प्रतियोगितामा कक्षा नर्सरीबाट रियान राना प्रथम, मनिषा भट्टराई द्वितीय र रुपा राना तृतीय भएको थियो भने कक्षा एल.के.जी. बाट प्रिन्सा पुन प्रथम, एलिसा डाँगी द्वितीय र आरोही फाल तृतीय हुन सफल भएको थियो । सोही प्रतियोगितामा कक्षा यू.के.जी बाट विज्ञान जंग सहमत प्रथम, विवेक विश्वकर्मा द्वितीय र एलिस न्यौपाने तृतीय हुन सफल भएको अतिरिक्त क्रियाकलाप संयोजक रश्मी थापाले जानकारी गराउनुभयो । उक्त चित्रकला प्रतियोगितामा शिक्षक सुनिता आले ले र मिनु मास्कीले निर्णायकको भूमिका निभाउनु भएको थियो । 

    बाल क्लव संयोजक शिक्षक ओम नारायण थारुको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि विद्यालयको सहप्रिन्सिपल विष्णु बहादुर सारुले विजेता विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्दै शुभकामना दिनुभएको थियो । कार्यक्रम अतिरिक्त क्रियाकलाप संयोजक रश्मी थापाको स्वागत र शिक्षक प्रसान्त रानाको सञ्चालनमा सम्पन्न भएको मिडिया इन्चार्ज देउमाया आलेले जानकारी गराउभयो ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij