देवदह । रुपन्देहीको देवदह २ स्थित नमूना एभरग्रीन इ.बो. स्कुलमा शुक्रबार साप्ताहिक कार्यक्रम अन्तर्गत हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा कक्षा ५ देखि ८ सम्मका विद्यार्थीहरु बिच अन्तर सदनात्मक प्रतिस्पर्धा गराइएको थियो।
उक्त प्रतियोगितामा पहेंलो सदनको प्रतिनिधित्व गर्दै कक्षा ७ मा अध्ययनरत विद्यार्थीहरु अनुस चालिने,सलोन सिंह ठकुरी र सृष्टि शाही ठुकुरीले प्रथम स्थान हासिल गरेका थिए। त्यसै गरी नीलो सदनको प्रतिनिधित्व गर्दै सुदिक्षा श्रेष्ठ ( कक्षा ८), सदिक्षा पुलामी( कक्षा ८) र सविना सारु( कक्षा ७)ले द्वितीय स्थान हासिल गरेका थिए भने रातो सदनको प्रतिनिधित्व गर्दै रामकिशन पासी( कक्षा ८), विर्शिखा राई( कक्षा ७) र अमन थापा( कक्षा ७) तृतीय भएका थिए।
विद्यार्थीहरुको अन्तरनिहीत प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले विभिन्न प्रतियोगिताहरू गर्दै आइरहेको विद्यालयका प्रिन्सिपल कमल पौडेलले बताउनुभयो। उहाले शिक्षण सिकाइ प्रक्रियालाई प्रभावकारी र दिगो बनाउन विद्यालयले अतिरिक्त क्रियाकलापमा समेत विशेष जोड दिएको प्रष्ट्याउँनु भयो।
कार्यक्रम विद्यालयका प्रिन्सिपल कमल पौडेलको अध्यक्षता, विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक राज कुँवरको सञ्चानमा सम्पन्न भएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij