देवदह । देवदह ७ स्थित ग्रीन प्लान्ट आवासीय माविमा लागु औषध दुर्व्यसनी र बालविवाह न्यूनीकरण सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ग्रीन प्लान्ट बोर्डिङ स्कुलमा कक्षा ९ र १० मा अध्ययनरत १४० जना विद्यार्थीहरुलाई प्रहरी चौकी खैरेनी रुपन्देहीका प्रहरी निरीक्षक एक्क बहादुर नेपालीले लागु औषध दुर्व्यसनी र बाल बिबाह न्यूनीकरण सम्बन्धी सचेतनामुलक प्रशिक्षण प्रदान गर्नु भएको हो ।
विद्यार्थीहरुलाई लागु औषध भनेको के हो ? यसले मानिसको शरिरलाई कसरी असर गर्छ र लागु औषध प्रयोगकर्ताहरुको लागि कानुनी प्रावधान के भन्ने विषयमा प्रकाश पार्नु भएको थियो । लागु औषधका कारण मृत्युवरण समेत गर्नुपर्ने भएकोले यस तर्फ विद्यार्थीहरु सचेत र सजग हुनु पर्ने प्रहरी निरिक्षक नेपालीले बताउनु भयो ।
वालविवाहको विषयमा विद्यार्थीहरुलाई सचेत गराउदै २० भन्दा कम उमेरमा विवाह गरेमा कानुनी कारबाही बारे जानकारी गराइएको थियो ।
कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक एक नारायण काफ्ले, अध्यक्ष विष्णु पोख्रेल, प्रधानाध्यापक राजिव सापकोटा लगायतको सहभागिता रहेको थियो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij