देवदह । रुपन्देहीको देवदह ७ मा अवस्थित देवदह इङलिस बोर्डिङ हाई स्कूलमा कक्षा प्ले ग्रुप देखि युकेजीमा अध्ययनरत विद्यार्थीहरुको अभिभावकहरुका लागि अभिभावकत्व तालिम सम्पन्न सम्पन्न भएको छ।
कान्तिपुर चाइल्ड डेभलपमेन्ट कम्युनिटि (बाल विकास केन्द्र) का अध्यक्ष भिष्ममणि पाण्डेले अभिभावकत्व सम्बन्धि प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा बोल्दै विद्यालयका संस्थापक प्राचार्य विष्णु प्रसाद पौडेलले विद्यालय शिक्षक र अभिभावकको पारस्परीक सम्बन्ध र सहकार्यले मात्र बालबालिकाहरुको भविष्य कस्तो गराउने भन्ने कुराको सुनिश्चितता हुने बताउनुभयो । अहिलेको प्रविधिको युगमा प्रविधिमैत्री, सिपमुलक र संस्कारयुक्त शिक्षालाई देवदह बोर्डिङले बढी जोड दिदै आइरहेको हुँदा सोही अनुरुप बेलाबेलामा सञ्चालन हुने तालिममा अनिवार्य उपस्थित हुनका लागि समेत आग्रह गर्नुभएको थियो ।
कार्यक्रम अध्यक्षता विद्यालयका संस्थापक प्राचार्य विष्णु प्रसाद पौडेलको अध्यक्षता, विद्यालयका कार्यवाहक प्रिन्सिपल मन बहादुर क्षेत्रीको स्वागत र सहायक प्रिन्सिपल विष्णु अर्यालको संञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij