देवदह । रुपन्देहीको देवदह-२ मा अवस्थित नमूना एभरग्रिन ईङ्गलिस बाेर्डिङ्ग स्कुलमा १५ दिने हस्तलेखन सुधार तालीम सम्पन्न भएको छ ।
कक्षा एक देखी आठसम्म अध्ययनरत विद्यार्थीहरु, शिक्षकहरु तथा अभिभाबकहरुका लागि तालीम संचालन भएको विद्यालयका प्रिन्सिपल कमल पौडेलले जानकारी दिनुभएको थियो । नेपाली र अङ्ग्रेजी दुवै भाषामा रहेको तालिममा उकृष्ट हस्तलेखन लेख्ने विद्यार्थीहरु, शिक्षकहरु तथा अभिभावकहरुलाई सम्मान गरिएको थियो।
उक्त तालीम हस्तलेखन तथा चित्रकला प्रशिक्षक खुलेन्द्र बिन्दु पन्थीको सहजीकरणमा सम्पन्न भएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij