जेठ २७, देवदह। रुपन्देहीको देवदह ७ मा अवस्थित देवदह ईङलिस बोर्डिङ हाई स्कूलमा साप्ताहिक रुपमा सञ्चालन गरिने अतिरिक्त क्रियाकलाप अन्तर्गत तहगत नेपाली हस्तलेखन प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा सब जुनियर तर्फ कक्षा २ देखि ४ सम्म सञ्चालन भएको हस्तलेखन प्रतियोगितामा कक्षा ४ लिलीबाट प्रथम शसिका खनाल, द्वितीय कक्षा ३ लिलीबाट साइमन थापा तृतीय ४ रोजबाट दिप्सना थापा भएका छन् ।
त्यसै गरि प्रतियोगितामा जुनियर तर्फ ९कक्षा ५ देखि ७० प्रथम अनुप परियार कक्षा ६ रोज द्वितीय सृष्टि काफ्ले ५ लिली , तृतीय कसीस थापा मगर सात रोज भएका थिए । सियिनर तर्फ ९कक्षा ८ देखि १०० प्रथम सिम्रन गुरुङ्ग नौ लिली , द्वितीय सोडिमा लामिछाने १० लिली र तृतीय शिखर पाण्डे १० रोज भएका थिए ।
कार्यक्रम विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक सोनिया खनालको सहजिकरणमा सञ्चालन भएको थियो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij