मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

न्यू नमुनामा युवा रेडक्रस सर्कल र बाल क्लब गठन

न्यू नमुनामा युवा रेडक्रस सर्कल र बाल क्लब गठन

images
  • 1.1K
    SHARES

  • images
    images
    images
    न्यू नमुनामा युवा रेडक्रस सर्कल र बाल क्लब गठन
    images
    images
    images

    देवदह । रूपन्देहीको देवदह ९ भलुहि अवस्थित न्यू नमुना आवासीय माध्यमिक विद्यालयमा युवा रेडक्रस सर्कल सर्वसम्मत र बाल क्लब मतदान प्रक्रियाद्वारा गठन गरिएको छ। सेवा नै धर्म हो भन्ने मान्यताका साथ गठन गरिएको युवा रेड क्रस सर्कलमा आर्जन खत्रीको अध्यक्षतामा समिति गठन भएको छ।१ जसको उपाध्यक्षमा नयन थापा सचिवमा कृतिका तिवारी सहसचिवमा रिया गलामी र कोषाध्यक्षमा जेनित किस्मत ढुङ्गाना सहित ११ सदस्य कमिटी गठन गरिएको छ भने शिक्षक नायकको भूमिकामा शिक्षक कृष्णप्रसाद पन्थी मनोनित हुनुभएको छ।

    त्यसैगरी बाल क्लबको भने मतदान प्रक्रियाद्वारा चुनिएको छ। अध्यक्ष,उपाध्यक्ष,सचिव, सहसचिव र कोषाध्यक्ष पदको लागि दोहोरो उम्मेदवारी परेको हुनाले मतदान प्रक्रियामा जानुपरेको प्रमुख निर्वाचन आयुक्त चुराबहादुर थापाले हामीलाई बताउनुभयो। चुनावी मैदानमा अध्यक्ष पदको लागि विश्वास अधिकारी र निकिता कुँवर, उपाध्यक्षमा आयुषमान अधिकारी र समीप ढकाल,सचिवमा कुसुम राना र समीक्षा गुरुङ, सहसचिवमा सरुन सेन्चुरी र आयुष जंग कुँवर र  कोषाध्यक्षको लागि प्रियन्सु थापा र सिलु पुनको उम्मेदवारी परेको थियो।

    images
    images
    images

    कुल मतदाताको ९६.५ प्रतिशत मत खसेको,मतदानमा शत प्रतिशत मत सदर भएको र मतगणना अनुसार अध्यक्षका प्रत्यासी विश्वास अधिकारीले आफ्नो प्रतिस्पर्धी निकिता कुँवरलाई ५२ मतले पछि पार्दै विजयी भएका हुन्। भने उपाध्यक्षका प्रत्यासी आयुष्मान अधिकारीले आफ्नो प्रतिस्पर्धी समिक ढकाललाई १८  मतले पछि पार्दै विजयी भएका हुन्। त्यस्तै सचिवका प्रत्याशी कुसुम रानाले आफ्नो प्रतिस्पर्धी समीक्षा गुरुङलाई ५ मतले पछि पार्दै विजयी भएका हुन् । सहसचिवका प्रत्यासी सरुन सेन्चुरीले आफ्नो प्रतिस्पर्धी  आयुष जंग कुँवरलाई‌ १० मतले पछि पार्दै विजयी भएका हुन् भने कोषाध्यक्ष पदका प्रत्यासी सिलु  पुनले आफ्ना  प्रतिस्पर्धी प्रियन्सु थापालाई ४१ मतले पछि पार्दै विजयी भएका हुन् ।

    पाँच पदको मतदानद्वारा टुङ्गो लगाइएको थियो भने अरु सदस्यहरू सर्वसम्मत गरी १३ सदस्यीय कमिटी गठन गरिएको छ भने शिक्षक नायकको भूमिकामा हेमराज चालिसेलाई मनोनित गरिएको छ। विद्यार्थीहरू मतदान प्रक्रियामा भाग लिन पाउँदा निकै खुसी र उत्साहित भएको कुरा व्यक्त गर्दै मतदान प्रक्रियामा सहभागी भएका थिए। मतदानमा कक्षा ४ देखि कक्षा १० सम्मका विद्यार्थीहरूले भाग लिएका थिए।   

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij