मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

देवदहमा निबन्ध लेखन, हाजिरी जवाफ र हस्तलेखन प्रतियोगिता

देवदहमा निबन्ध लेखन, हाजिरी जवाफ र हस्तलेखन प्रतियोगिता

images
  • 371
    SHARES

  • images
    images
    images
    देवदहमा निबन्ध लेखन, हाजिरी जवाफ र हस्तलेखन प्रतियोगिता
    images
    images
    images

    देवदह । रुपन्देहीको देवदहमा प्राथमिक, आधारभूत र माध्यमिक तह स्तरीय हस्त लेखन, हाजिरी जवाफ र निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ।

    निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सन देवदहको आयोजना र मदर टङ्स एकेडेमी देवदह ५ को आतिथ्यमा उक्त प्रतियोगिता सम्पन्न भएको हो।

    images
    images
    images

    जस अन्तर्गत आधारभूत तह स्तरीय हाजिरीजवाफ प्रतियोगितामा बुद्द पब्लिक आवासीय माविले १२५ अंक प्राप्त गरि प्रथम स्थान हासिल गरेको छ। त्यस्तै ९० अंक प्राप्त गरि ग्रीन प्लान्ट आवासीय मावि द्वितीय, ८५ अंक प्राप्त गरि सेभेन स्टार तृतीय र ७० अंक प्राप्त गरि मदर टङ्स एकेडेमीले सान्त्वना स्थान हासिल गरेका छन् ।

    त्यस्तै प्राथमिक तह स्तरीय हस्तलेखन प्रतियोगितामा सेभेन स्टार इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थी झरना मास्कि प्रथम, ग्रीन प्लान्ट आवश्यक माध्यमिक विद्यालयका सरिश्मा चौधरी द्वितीय, मदरटङ्स एकेडेमीका अनुष्का पराजुली र बुद्ध पब्लिक आवासीय माविका अनुष्का खनालले संयुक्त रुपमा तृतीय स्थान हासिल गरेका छन् ।

    त्यसैगरी माध्यमिक तह स्तरीय निबन्ध लेखन प्रतियोगितामा मदरल्याण्ड एकेडेमीका छात्रा प्रेरणा न्यौपाने प्रथम बुद्ध पब्लिक आवासीय माविका आर्यन पाण्डे द्वितीय देवदह मदर टङस एकेडेमीका सुजिन गुरुङ तृतीय र सेभेन स्टार इङलिस बोर्डिङ स्कुलका आकृति चौधरीले सान्त्वना स्थान हासिल गरेका छन् ।

    त्यस्तै प्राथमिक तह स्तरीय निबन्ध लेखन प्रतियोगितामा बुद्ध पब्लिक आवासीय माविका अनुष्का भण्डारी प्रथम नारायणी पब्लिक स्कुल बिनोद यादव द्वितीय, मदरल्यान्ड एकेडेमी सुप्रिया पन्थी तृतीय र मदर टङ्ग्स एकेडेमीका देजी आले सान्त्वना स्थान हासिल गरेको प्याब्सन देवदहले जानकारी दिएको छ।

    प्रतियोगिताको पुरस्कार वितरण समारोहमा बोल्दै प्याब्सन रुपन्देहीका वरिष्ठ जिल्ला उपाध्यक्ष एक नारायण काफ्लेले विद्यालयले विद्यार्थीहरुलाई किताबी ज्ञान साथै अतिरिक्त क्रियाकलापमा समेत विद्यार्थीलाई सहभागी गराउनुपर्ने बताउनुभयो ।

    विद्यार्थीलाई पढाइले मात्र दक्ष बनाउन नसकिने र उनीहरूलाई अतिरिक्त क्रियाकलापमा पनि दक्ष बनाउन सकियो भने योग्य नागरिक बनाउन सकिने काफ्लेको भनाई रहेको थियो।

    कार्यक्रम प्याब्सन देवदहका अध्यक्ष राम बहादुर गुरुङको अध्यक्षता, प्याब्सन देवदहका सल्लाहकार महेश पराजुलीको स्वागत र सचीव कृष्ण गैरेको संचालनमा सम्पन्न भएको थियो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij