मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

केरवानी माविमा सार्वजनिक सुनुवाई

केरवानी माविमा सार्वजनिक सुनुवाई

images
  • 483
    SHARES

  • images
    images
    images
    केरवानी माविमा सार्वजनिक सुनुवाई
    images
    images
    images

    देवदह । रुपन्देहीको देवदह ५ मा अवस्थित केरवानी माध्यमिक विद्यालयमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन ईकाई भैरहवाको आर्थिक सहयोगमा संचालित प्राविधिक शिक्षालयको साझेदारी व्यवसायीक उत्पादन कार्यक्रमको सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो । केरवानी माध्यमिक विद्यालयमा विगत केही बर्ष देखि कक्षा ९ देखि १२ सम्म प्राविधिक शिक्षा अन्तृगत वालिविज्ञान पढाई भईरहेको छ ।

    विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले विद्यालयको जग्गामा कृषिको खेती गर्दै आईरहेका छन् । कार्यक्रमको विषयमा जानकारी दिदै विद्यालयका प्रधानाध्यापक निर्मल ढुंगानाले प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गतको १० लाख र विद्यालयको ४ लाख ५७ हजारको लागतमा च्याउको टनेल, टप ग्रिन हाउस, ग्रिन हाउस, पम्प निर्माण, हाते ट्याक्टर, माछा पोखरी, कृषिको सिचाई लगायतको काम गरेको जानकारी दिनु भयो । उहाँले प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गत यस बर्ष कृषिको संरचना निर्माण गरिएको र आगामी बर्ष उत्पादनलाई जोड दिईने जानकारी दिनु भयो । 

    images
    images
    images

    विद्यालयले कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरुलाई उत्पादनमुलक सिप सहितको शिक्षा प्रदान गर्दै आईरहेको प्रधानाध्यापक ढुंगानाले जानकारी दिनु भयो । उहाँले विद्यालयलाई नमुनाको रुपमा अगाडि बढाउने गरी अगाडि बढेको बताउनु भयो । 

    सो अवसरमा बोल्दै देवदह नगरपालिकाका प्रमुख धु्रवप्रसाद खरेलले परम्परागत शिक्षालाई रुपान्तरण गर्न आवश्यक रहेको औल्याउनु भयो । उहाले रुपान्तरिक शिक्षाले मात्र देश र समाजको विकास हुने हुदा सामुदायिक विद्यालयहरुले प्राविधिक शिक्षालाई प्राथमिकता दिनु पर्नेमा जोड दिनु भयो । 

    नगर प्रमुख खरेलले अहिलेको अवस्थामा विद्यार्थीहरुलाई सिपमुलक शिक्षा आवश्यक रहेको बताउदै प्राविधिक शिक्षाले जीवन रुपान्तरण गर्नेमा जोड दिनु भयो । उहाले प्राविधिक शिक्षाले मात्र विदेश पलायन हुने युवाशक्तिलाई रोक्न सकिने बताउनु भयो । उहाले उत्पादन बृद्धिको लागि प्राविधिक शिक्षालाई प्राथमिकता राख्न आग्रह गर्नु भयो । उहाँले नगरपालिकाले शिक्षालाई महत्व दिएर योजना निर्माण गर्ने गरेको बताउदै केरवानी माध्यमिक विद्यालयलाई नमुना विद्यालय बनाउन नगरपालिकाले सहयोग गर्न तयार रहेको बताउनु भयो । 

    केरवानी माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण पौडेलको अध्यक्षता, उपाध्यक्ष शुसिला भट्टराईको स्वागत र शिक्षक यज्ञप्रसाद न्यौपानेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij