देवदह । रुपन्देहीको देवदह ७ मा अवस्थित सगरमाथा आवासीय मा.वि. ले एसईई परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरुलाई सम्मान गर्दै बधाई कार्यक्रम सम्पन्न गरेको छ।
उक्त कार्यक्रममा विद्यालय संस्थापक प्राचार्य कृष्ण प्रसाद पौडेलले विद्यार्थी, शिक्षक र अभिभावकको त्रिकोणात्मक सम्बन्धले गर्दा विद्यालयले उत्कृष्ट नजिता प्राप्त गर्न सफल भएको कुरा बताउनुभयो।
सैद्धान्तिक ज्ञानले मात्र नभएर व्यावहारिक ज्ञानले पनि जीवनलाई सक्षम बनाउनतिर लाग्नुपर्नेमा विद्यालयका अध्यक्ष एवम् प्रमुख अतिथि डिल्लीराज मरासिनीले जोडदिनु भयो ।कार्यक्रममा बोल्दै अभिभावकहरूले सगरमाथाको नतिजा प्रति सन्तुष्टि व्यक्त गरे।
करिव १५० विद्यार्थी अभिभावकको सहभागीता रहेको उक्त कार्यक्रम प्राचार्य कृष्ण प्रसाद पौडेलको अध्यक्षता र सहप्राचार्य प्रदिप अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij