मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

न्यू नमुनामा एसईई उतिर्ण विद्यार्थीलाई बधाई तथा सम्मान

न्यू नमुनामा एसईई उतिर्ण विद्यार्थीलाई बधाई तथा सम्मान

images
  • 738
    SHARES

  • images
    images
    images
    न्यू नमुनामा एसईई उतिर्ण विद्यार्थीलाई बधाई तथा सम्मान
    images
    images
    images

    देवदह । रुपन्देहीको देवदह ९ मा अवस्थित न्यू नमुना  आवासीय मा.वि. ले एसईई परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरुलाई सम्मान गर्दै बधाई तथा सुभकामना कार्यक्रम सम्पन्न गरेको छ। 

    उक्त कार्यक्रममा विद्यालयका  प्राचार्य चुरा बहादुर थापाले विद्यार्थी, शिक्षक र अभिभावकको त्रिकोणात्मक सम्बन्धले गर्दा विद्यालयले उत्कृष्ट नजिता प्राप्त गर्न सफल भएको कुरा बताउनुभयो।

    images
    images
    images

     

    WhatsApp Image 2024-07-01 at 10.03.06 AM.jpeg

     

    कार्यक्रमका प्रमुख अतिथि देवदह नगरपालिकाका प्रथम जननिर्वाचित मेयर हिरा बहादुर खत्रीले माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गरेका विद्यार्थी भाइबहिनीहरूलाई शुभकामना साथै उहाँहरूको अबको गन्तव्य र देश र समाजप्रति उहाँहरूको भूमिकाको बारेमा प्रष्ट पारिदिनुभएको थियो।कार्यक्रममा बोल्दै अभिभावकहरूले न्यू नमुनाको नतिजा प्रति सन्तुष्टि व्यक्त गर्नुभएको थियो। 
    ।

    सैद्धान्तिक ज्ञानले मात्र नभएर व्यावहारिक ज्ञानले पनि जीवनलाई सक्षम बनाउनतिर लाग्नुपर्नेमा विद्यालयका अध्यक्ष केशव प्रसाद भट्टराईले जोड दिनुभयो । त्यसैगरी माध्यमिक शिक्षा परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई विद्यालयले नगद पुरस्कारले सम्मान गरेको छ। त्यस्तै नेसनल प्याप्सन रूपन्देहीद्वारा आयोजित चित्रकला प्रतियोगिताको विजेता प्रमोद पुवरलाई पनि उक्त कार्यक्रममा नगद पुरस्कारसहित सम्मान गरिएको थियो।

     

    WhatsApp Image 2024-07-01 at 10.03.03 AM.jpeg

     

    उक्त कार्यक्रमा आफ्नो विषयमा उत्कृष्ट नतिजा हासिल गरेकोले विद्यालयका सहप्राचार्य लक्ष्मी पुन अधिकारीले र शिक्षक विश्व पौडेलले विद्यार्थीलाई नगद पुरस्कारले सम्मान गर्नुभएको थियो।

    करिब १२० विद्यार्थी एवं अभिभावकहरुको सहभागीता रहेको उक्त कार्यक्रम प्राचार्य चुराबहादुर थापाको अध्यक्षता र शिक्षक कृष्णप्रसाद पन्थीको सञ्चालनमा सम्पन्न भएको थियो। 

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij