सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

सगरमाथामा आवासीय माविमा कक्षा ११ का नव आगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमूखिकरण

सगरमाथामा आवासीय माविमा कक्षा ११ का नव आगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमूखिकरण

images
  • 522
    SHARES

  • images
    images
    images
    सगरमाथामा आवासीय माविमा कक्षा ११ का नव आगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमूखिकरण
    images
    images
    images

    देवदह । रुपन्देहीको देवदह -७ मा रहेको सगरमाथा आवासीय माध्यमिक विद्यालयले कक्षा ११ का नव आगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ। शुक्रबार एक कार्यक्रमका विच स्वागत तथा अभिमूखिकरण कार्यक्रम सम्पन्न गरिएको हो। 

    स्वागत कार्यक्रममा प्रमुख अतिथि देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले कलेजले शिक्षा क्षेत्रमा गरेको योगदान अतुलनीय रहेको बताउनु भएको थियो।

    images
    images
    images

    कार्यक्रममा विद्यालयका संस्थापक प्राचार्य कृष्ण प्रसाद पौडेल नव आगन्तुक विद्यार्थीलाई स्वागत गर्दै सगरमाथा कलेजले उत्कृष्ट नतिजा संगै शैक्षिक क्षेत्रको उन्नयनका लागि समेत समेत अहोरात्र लाग्ने बताउनुभयो ।

    कार्यक्रममा सगरमाथा आवसिय मा.विका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज मरासिनी, निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सन देवदहका अध्यक्ष राम बहादुर गुरुङ लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो।

    अभिमूखिकरण कार्यक्रमको लुम्बिनी बौद्ध विश्व विद्यालयका उपेन्द्र अधिकारीले सहजीकरण गर्नुभएको थियो। कार्यक्रम सहायक प्र.अ प्रदिप अधिकारीको स्वागत र विद्यालयका संयोजक दिपेश बिक्रम मल्लको संचालनम सम्पन्न भएको थियो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij