साउन १४, देवदह। रुपन्देहीको देवदह ७ स्थित ग्रीनप्लाटमा आवासीय माविमा अतिरिक्त क्रियाकलाप अन्तर्गत विभिन्न कक्षा स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। आइतबार विध्यालयमा अतिरिक्त क्रियाकलाप अन्तर्गत विभिन्न कक्षा स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो।

प्रतियोगितामा कक्षा २–३ स्तरीय “विद्यार्थी जीवनमा अनुशासनको महत्व” वक्तृत्वकला प्रतियोगितामा ७० विद्यार्थीको सहभागिता रहेको थियो । जसमा ३ एभरेष्टकी दर्शना अधिकारी प्रथम , २ जस्मिनकी आयना थापा द्वितीय र २ लोटसकी निकिता तिवारी तृतीय भएका छन् । त्यसैगरी , ७० जना सहभागी रहेको “वातावरण असन्तुलन र प्राकृतिक प्रकोप” विषय कक्षा ४–५ स्तरीय वक्तृत्वकला प्रतियोगितामा कक्षा ५ मेचीकी जिज्ञासा न्यौपाने प्रथम, कक्षा ५ मेचीकै सामयान के.सी द्वितीय र कक्षा ५ मेचीकै निष्मा बि.सी तृतीय भएका छन् । साथै “प्राकृतिक सम्पदाको संरक्षण र समस्याहरु” विषयक कक्षा ६(७ स्तरीय प्रतियोगितामा २९ सहभागी मध्ये कक्षा ६ लुम्बिनीकी सुनामी गैरे प्रथम, कक्षा ६ लुम्बीनीकै हिमांशु सापकोटा द्वितीय र कक्षा ७ अल्फाकी आयुष्का काफ्ले तृतीय भएका छन् । कक्षा ८–९ स्तरीय नेपालमा साइबर “सुरक्षाको अवस्था र चुनौतिहरु” विषयक १५ सहभागी रहेको प्रतियोगितामा कक्षा ८ न्युटनकी प्रकृति न्यौपाने, कक्षा ९ फेवाकी सुचिता पौडेल र कक्षा ८ न्युटनका सञ्जोग थापा क्रमश प्रथम , द्वितीय र तृतीय भएको विद्यालयले जनाएको छ ।
विद्यालयका प्रबन्ध निर्देशक एक नारायण काफ्लेको अध्यक्षता, प्राचार्य राजीव सापकोटा, सह–प्राचार्य शंकर सुवेदी, संयोजक विष्णु पोख्रेलको उपस्थिति र संयोजक प्रभा कार्काीको संयोजकत्वमा आयोजित उक्त कार्यक्रममा विद्यालयका अतिरिक्त क्रियाकलाप शिक्षक धनमाया शर्मा र समिन गैरे निर्णायकको भूमिकामा रहेका थिए ।
विद्यार्थीमा अन्तर्निहीत वाककलालाई प्रबर्दन गर्नका लागि यस्ता कार्यक्रम आवश्यक रहेको हुनाले विद्यालयले समय समयमा विभिन्न क्रियाकलाप संचालन गर्दै आएको विद्यालयले जनाएको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij