देवदह । रुपन्देहीको देवदहमा अवस्थित सगरमाथा आवासीय माविले हालै मात्रै प्रकाशित कक्षा १२ को परीक्षामा उत्तीर्ण भएका विद्यार्थीलाई बधाई तथा सम्मान गरेको छ। बुधबार सगरमाथा आवासीय माविको सभाहलमा विशेष कार्यक्रमको आयोजना गरी कक्षा १२ परीक्षा उत्तीर्ण गरेका विद्यार्थीहरुलाई बधाई सहित सम्मान गरिएको हो।

बधाई तथा सम्मान कार्यक्रममा बोल्दै राष्ट्रिय परिक्षा बोर्ड लुम्बिनी प्रदेश क्षेत्रिय कार्यालय बुटवलका प्रमुख रमाकान्त तिवारीले सगरमाथा आवासीय माविले नाम जस्तै उच्च शैक्षिक नतिजा दिन सफल भएको भन्दै प्रसंशा गर्नुभएको थियो। त्यस्तै उहाँले जिल्ला प्रदेश हुँदै राष्ट्रिय स्तरमै उत्कृष्ट नतिजा ल्याउन शुभकामना समेत दिनुभयो।२ राष्ट्रलाई समृद्द बनाउन युवाको हात महत्त्वपूर्ण भूमिका हुने भन्दै विदेश मोह त्यागेर स्वदेशमै मिहेनत गर्न समेत उहाँले आग्रह गर्नुभयो ।
विद्यालयका प्राचार्य कृष्ण प्रसाद पौडेलले विद्यालयका शिक्षक, विद्यार्थीको कडा मिहिनेतको फलस्वरुप पालिकामै उत्कृष्ट अंक प्राप्त गरेको बताउँदै यसको लागि सबै धन्यावादको पात्र भएको भन्दै बधाई, धन्याबाद र आभार व्यक्त गरेका गर्नुभएको थियो ।
बधाई तथा सम्मान कार्यक्रममा राष्ट्रिय अभिभावक संघका केन्द्रिय सदस्य लोकनाथ ज्ञवाली, संचालकद्वय हिरा बहादुर खत्री, विष्णु प्रसाद पौडेल र विद्यार्थीहरु यम बोहोरा र जय भण्डारीलगायतले शुभकामना दिनुभएको थियो।
कार्यक्रममा शतप्रतिशत नतिजा ल्याउन अहोरात्र खटिने विषय शिक्षकहरु माधव भट्टराई, कृष्ण आचार्य, सुविराम कार्की, शरद भण्डारी, दिपेश बिक्रम मल्ल, बिमल तिवारी र प्रदीप अधिकारीलाई नगद सहित सम्मान समेत गरिएको थियो।
सगरमाथा आवासीय माविबाट कक्षा १२ को परीक्षा दिएका यम बोहोराले ३.७६ जिपिए प्राप्त गरि देवदह नगरपालिका प्रथम, ३.७३ जिपिए प्राप्त गरि साहिल सोमरे द्वितीय र ३.७२ जिपिए प्राप्त गरि जय भण्डारीले नगरपालिकामै तृतीय स्थान हासिल गरेका थिए । साथै सगरमाथाबाट परिक्षामा सहभागी ८० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए।
कार्यक्रम विद्यालयका अध्यक्ष डिल्लीराज मरासिनीको अध्यक्षता, सह-प्राचार्य प्रदीप अधिकारीको स्वागत र विद्यालयका संयोजक दिपेश बिक्रम मल्लको संचालनमा सम्पन्न भएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij