सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

कवि सिजन श्रेष्ठको कविता संग्रह "हावामा अल्झिएकको स्वर" लोकार्पण

कवि सिजन श्रेष्ठको कविता संग्रह "हावामा अल्झिएकको स्वर" लोकार्पण

images
  • 344
    SHARES

  • images
    images
    images
    कवि सिजन श्रेष्ठको कविता संग्रह "हावामा अल्झिएकको स्वर" लोकार्पण
    images
    images
    images

    बिराटनगर ।  युवा कवि सिजन श्रेष्ठको कवितासङ्ग्रह “हावामा अल्झिएको स्वर” सार्वजनिक भएको छ। मोरङको सुन्दरहरैँचास्थित सुकुना बहुमुखी क्याम्पसको सभाहलमा शुक्रबार आयोजित कार्यक्रममा सुन्दरहरैँचाका नगरप्रमुख केदारप्रसाद गुरागाईंले उक्त कृति लोकार्पण गर्नुभयो।

    बुकमार्क सहित ५३ कविता समावेश गरिएको यस सङ्ग्रहका बारेमा डा. दीपकप्रसाद न्यौपाने र डा. अस्मिता विष्टले समीक्षा गर्नुभयो। समीक्षकहरूले यस कृतिमा समावेश कविताहरू उत्कृष्ट रहेको र प्रकृति प्रेम तथा माया पिरतीका विषयमा रचिएका कविताहरूले दिन खोजेको भाव अर्थपूर्ण  रहेको टिप्पणी गर्नुभयो। ईटर्नल पब्लिकेसन प्रा.लि.ले प्रकाशन गरेको यो कितावको मूल्य ४०५ रूपैयाँ छ ।

    images
    images
    images

    कवि श्रेष्ठलाई अत्यन्त सिल्प र विशिष्ट प्रेमका कविता लेख्ने कविका रूपमा चिनिन्छ। उनका कवितामा झट्ट पढ्दा बुझ्न नसकिए पनि गहिरिएर अध्ययन गर्दा अत्यन्तै सुन्दर शब्द संयोजन र अर्थ पाइन्छ। उनको लेखनशैलीमा प्रकृतिसँगको गहिरो सम्बन्ध र मानवीय संवेदनाको सूक्ष्म चित्रण पाइन्छ।

    आफ्नो पहिलो कृति प्रकाशित हुँदा हर्षित भएको उल्लेख गर्दै कवि श्रेष्ठले पारिवारिक परिवेश र बुवाआमाको प्रेरणाले सानै उमेरदेखि लेखनमा लागेको उल्लेख गर्दै, प्रकृतिसँग नजिक हुन रुचाउने र प्रकृतिसँग बोल्ने आफ्नो स्वभावले गर्दा कृतिमा प्रकृतिप्रतिको माया उजागर भएको श्रेष्ठले बताउनुभयो।

    लाेकार्पण कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशव अधिकारी, क्याम्पस प्रमुख अर्जुनराज अधिकारी, सञ्चालक समितिका सदस्य सुरेन्द्रबहादुर थापा, वडा अध्यक्षहरू लगायत अन्य जनप्रतिनिधि, प्राध्यापक, समाजसेवी, विद्यार्थी र साहित्यकारहरूको उपस्थिति थियो।

    कवितासङ्ग्रहको प्रकाशनले नेपाली साहित्य जगतमा एक नवीन र प्रतिभाशाली कविको उदय भएको सहभागीले बताए । श्रेष्ठको यो कृतिले पाठकहरूलाई नयाँ दृष्टिकोण र गहन अनुभूतिको यात्रामा लैजाने अपेक्षा गरिएको प्रकाशक सं‌स्था इटर्नल पब्लिकेसन प्रा‍लिले जनाएकाे छ ।

     

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij