जेठ २१,पश्चिम रुकुम। रूकुम पश्चिमको मुसीकोट नगरपालिका-१३ का वडाध्यक्ष दीपक केसी पक्राउ परेका छन्।प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले केसीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको सेतोपाटीलाई जानकारी दिए।

‘प्रहरीले केहीबेर अघि उहाँलाई पक्राउ गरेको छ,’ प्रजिअ पौडेलले भने ‘चौकी आक्रमण गर्न जाने अन्यको खोजी कार्य भइरहेको छ।’वडाध्यक्ष केसीले मंगलवार बेलुका सवा ८ बजेतिर मदिराले मातेपछि ग्याङसहित वडा-१४ स्थित अस्थायी प्रहरी पोष्ट छिवाङमा आक्रमण गरेका थिए।

Copyright © All right reserved to Lumbini Pana Site By: Sobij