बुधवार, कार्तिक १२ गते २०८३

Logo बुधवार, कार्तिक १२ गते २०८३
images
images

बैतडीका कोरोना संक्रमित युवा ,डिस्चार्ज लगत्तै पक्राउ

बैतडीका कोरोना संक्रमित युवा ,डिस्चार्ज लगत्तै पक्राउ

images
  • 3.8K
    SHARES

  • images
    images
    images
    बैतडीका कोरोना संक्रमित युवा ,डिस्चार्ज लगत्तै पक्राउ
    images
    images
    images

    जेठ २१,बैतडी। बैतडीका पहिलो कारोना संक्रमित युवक डिस्चार्ज भएका छन् । लगातार २ वटा रिपाेर्ट नेगेटिभ आएपछि उनी आज डिस्चार्ज भएका हुन् ।जिल्ला प्रहरी कार्यालय, बैतडीको हिरासतमा रहेका शिवनाथ गाउँपालिका- २ का २२ वर्षीय युवकमा यही जेठ ९ गते काेरोना संक्रमण पुष्टि भएको थियो ।

    images
    images
    images

    जिल्ला अस्पताल बैतडीको आइसोलेसन वार्डमा उपचाररत युवकको लगातार २ रिपाेर्ट नेगेटिभ आएपछि आज डिस्चार्ज गरिएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका कोभिड- १९ सम्पर्क व्यक्ति भुवन जोशीले जानकारी दिनुभयो ।मंगलबार र बुधबार उनकाे पीसीआर रिपाेर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको जाेशीले बताउनुभयो ।
    वैशाख १३ गते शिवनाथकै एक किशोरीको ह’त्या आरोपमा वैशाख १५ गतेदेखि उनी प्रहरी हिरासतमा रहेका थिए । ती युवक गत चैत ६ गते भारतको दिल्लीबाट फर्किएका थिए ।

    संक्रमित युवकसँग सम्पर्कमा आएका उनकी बहिनी, जिल्ला प्रहरी कार्यालयका प्रहरी, अदालतका कर्मचारी, स्वास्थ्यकर्मी लगायत ९६ जनाको पीसीआर रिपाेर्ट भने नेगेटिभ आएको थियो । यसैगरी उनीसँगै भारतबाट आएका र परिवारका अन्य सदस्यको पनि रिपाेर्ट नेगेटिभ आएको थियो ।ती युवकलाई जिल्ला अदालत, बैतडीले पुर्पक्षका लगि कारागर चलान गर्न अादेश दिएकाेले डिस्चार्ज लगत्तै पुन: कारागार चलान गरिने बताइएकाे छ ।

    images
    images
    • बुधवार, जेठ २१ २०७७०६:२१:०६
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij