सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

सगरमाथामा स्काउटबाट ३९ जना विद्यार्थी दिक्षित

सगरमाथामा स्काउटबाट ३९ जना विद्यार्थी दिक्षित

images
  • 347
    SHARES

  • images
    images
    images
    सगरमाथामा स्काउटबाट ३९ जना विद्यार्थी दिक्षित
    images
    images
    images

    साउन ३१, देवदह । रुपन्देहीको देवदह ७ मा अवस्थित सगरमाथा आवासीय मा.विको सगरमाथा स्काउट ट्रुपको दिक्षान्त समारोह सम्पन्न भएको छ । विद्यालयमा आयोजित दिक्षान्त समारोहमा ३९ जना स्काउट विद्यार्थीहरु दिक्षित भएका छन् । ती मध्ये १९ जना ब्वाय स्काउट्स र २० जना गर्ल स्काउट्स दिक्षित भएको विद्यालयले जनाएको छ।

    कार्यक्रममा बोल्दै देवदह नगरपालिका वडा नं ७ का वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारीले स्काउट परोपकारी संस्था रहेको बताउदै दिक्षान्त हुने विद्यार्थीलाई समाजमा भएका विभेद अन्त्य गर्न सबैले महत्त्वपूर्ण भुमिका खेल्नु हुनेमा आफु विश्वत रहेको बताउनुभयो । उहाले सामाजसेवा सानो मनले नहुने र मानवीय धर्म सबैले निर्वाह गर्नुपर्ने बताउनुभयो । उहाले जीवन भनेको सिकाई अनि अनुभव रहेको बताउदै विद्यार्थीहरुलाई सिप सहितको ज्ञान आर्जन गर्न आग्रह गर्नुभएको थियो । स्काउटमा सिकेको कुरालाई व्यवहारमा उतार्न समेत उहाले आग्रह गर्नुभएको थियो ।

    images
    images
    images

    सोही अवसरमा बोल्दै देवदह नगरपालिकाका स्काउट प्रमुख आयुक्त विकास गहतराजले स्काउट देवदह नगर समितिले विशेष गरेर देवदहका विद्यालयमा अध्यापन गराउनु हुने शिक्षक हरुको लागि बि टि सी र पि टि सी तालिम सम्पन्न गरिसकेको र अहिले देवदहका केही विद्यालयमा सक्रिय रुपमा स्काउट चलिरहेको बताउदै अब बाकी रहेका विद्यालयमा स्काउट युनिट स्थापना गरि यसका असल अभ्यासमा बालबालिकालाई अग्रसर गराउन खोजेको बताउनुभयो ।

    यसैगरी विद्यालयका प्रचार्य कृष्ण प्रसाद पौडेलले विद्यालयमा दिने किताबी ज्ञानले मात्र नभई विद्यार्थीलाई फरक फरक अतिरिक्त क्रियाकलापमा समेत सहभागी गराउनु पर्नेमा जोड दिनुभएको थियो । उहाले सगरमाथा आवासीय मा.वि मा विद्यार्थीहरु लाई अघिल्लो वर्ष एन सि सी तालिममा सहभागी गरायौं भने यश वर्ष स्काउट तालिममा सहभागी गराएको बताउनुभयो । उहाले विद्यार्थीलाई पढाई संग संगै सामाजिक गतिविधिमा अग्रसर गराउन सके जीवन जीउने कलामा उपयोगी हुने बताउनुभयो ।

    कार्यक्रममा स्थानीय स्काउट देवदह नगर समितिका सदस्य सुरज भट्टराई, रोभर लिडर युवराज पन्थी, स्काउट मास्टर तारा चौधरी, स्काउट मास्टर माया रिजाल र अभिभावकहरुको उपस्थिति रहेको थियो ।

    कार्यक्रम विद्यालयका प्राचार्य कृष्ण प्रसाद पौडेल, स्काउट मास्टर विष्णु कुमारी थापाको स्वागत र विद्यालयका सहायक प्राचार्य प्रदिप अधिकारीको सञ्चालनमा सप्पन्न भएको थियो ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij