बुधवार, कार्तिक १२ गते २०८३

Logo बुधवार, कार्तिक १२ गते २०८३
images
images

कोरोना संक्रमितको संख्या एक महिना भित्र १५ हजार पुग्छ :स्वास्थ्य मन्त्रि ढकाल

कोरोना संक्रमितको संख्या एक महिना भित्र १५ हजार पुग्छ :स्वास्थ्य मन्त्रि ढकाल

images
  • 2.2K
    SHARES

  • images
    images
    images
    कोरोना संक्रमितको संख्या एक महिना भित्र १५ हजार पुग्छ :स्वास्थ्य मन्त्रि ढकाल
    images
    images
    images

    जेठ २१,काठमाडौं बुधबार एकैदिन २०१ जना कोरोना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ३ सय पुगेको छ। पछिल्लो साता संक्रमितको संख्यामा उच्च वृद्धिदर देखिएपछि नेपालमा संक्रमित संख्या कति पुग्छ भन्ने आँकलन गर्न थालिएको छ।

    बुधबार स्वास्थ्यमन्त्री भानुभक्त ढकालले एक महिनाभित्र संक्रमित संख्या १५ हजार पुग्ने बताएका छन्। एक फाउन्डेसनले सहयोग गरेको स्वास्थ्य सामाग्री ग्रहण गर्दै मन्त्री ढकालले भने, ‘संक्रमित संख्या दुई हजार नाघिसक्यो। अब एक महिनाको बीचमा यो १० देखि १५ हजार पुग्न सक्छ।’

    images
    images
    images

    उनले भारतबाट आउने संख्याले संक्रमित बढेसँगै अब सरकार फरक नीतिबाट उपचार विधिमा जाने बताए। अब संक्रमितहरूलाई आइसोलेसन केन्द्र बनाएर राख्ने नीतिमा सरकार अघि बढेको मन्त्री ढकालले जनाए।

    उनले संक्रमितमध्ये ५ प्रतिशतलाई भेन्टिलेटरको आवश्यक पर्ने देखिएकाले सरकार त्यसको व्यवस्थापनमा जुटेको जनाकारी दिए। पछिल्लो समय संक्रमित संख्या ह्वात्तै बढेपछि अस्पतालहरूमा बेडको अभाव भएको छ।
    स्वास्थ्य मन्त्रालयले गत महिना नै एक कार्यविधि तय गरेर संक्रमित संख्या दुई हजार नाघेमा लक्षण नदेखिएका संक्रमितलाई घरमै आइसोलेसनमा राख्ने जनाएको छ। मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले अब कार्यविधि अनुसार नै विरामीको उपचार गरिने बताए।

    सो कार्यविधिमा संक्रमित संख्या दुईदेखि पाँच हजार पुग्दासम्म लक्षणविहीन संक्रमितलाई होम आइसोलेसनमा राखिने र लक्षण भएकाहरूलाई मात्र अस्पताल भर्ना गरिने भनिएको छ।

    संक्रमण रोग विशेषज्ञ डा. शेरबहादुर पुनले अहिले नै नेपालमा कति संक्रमित पुग्छ भनेर अनुमान गर्न नसकिने बताए। ‘ठ्याक्कै यति संक्रमित पुग्ला भनेर भन्न सकिँदैन। यो हामीले कति परीक्षण गर्छौं भन्ने कुराले टुंगो लाग्छ’ उनले भने, ‘त्यसैले जति धेरै परीक्षण गर्यो त्यति नै धेरै संक्रमित बढ्ने सम्भावना हुन्छ।’

    अहिले नेपालमा दैनिक ३ हजारको दरले परीक्षण भइरहेको छ। जसमा दैनिक औसत साढे दुई सय संक्रमित थपिएका छन्। एक महिना यहीँ रफ्तारले परीक्षण गर्ने र यही संख्यामा संक्रमित थपिने हो भने कम्तीमा थप ७ हजार ५ सय संक्रमित थपिनेछन्। यसरी एक महिनामा संक्रमित संख्या कम्तीमा १० हजार पुग्नेछ।
    साथै प्रयोगशालाहरूको कम क्षमताका कारण पनि संक्रमित संख्या कम देखिएको विज्ञहरूको बुझाइ छ। अहिले हाम्रो देशभर रहेका २० वटा प्रयोगशालाको दैनिक क्षमता भनेकै ३ हजार जनाको परीक्षण गर्ने हो।

    प्रयोगशालाको कम क्षमताकै कारण ५ हजार बढी नमूनाहरू परीक्षणको लागि लाइनमा छन्। अहिलेको परीक्षण संख्यालाई बढाउने हो भने संक्रमित संख्या पनि बढ्ने विज्ञहरूको तर्क छ।पछिल्लो समय भारतबाट ठूलो संख्यामा मानिसहरू आएसँगै संक्रमित संख्या बढेको हो। जेठयता मात्र भारतबाट २ लाख मानिस नेपाल आएका छन्। देशभर क्वारेन्टिनमा रहेका उनीहरूमध्ये धेरैको परीक्षण गर्न बाँकी छ।

    साथै तेस्रो मुलुकबाट दैनिक ३५ सय आफ्ना नागरिक ल्याउने तयारी गरिरहँदा उनीहरूको लागि परीक्षण कसरी व्यवस्थापन गर्ने भन्नेमा सरकार आफैं अलमलमा छ। यसरी भारतबाट पनि आउने र थप आरटी पिसिआर मेसिन पनि नथप्ने हो भने अहिलेको प्रयोगशालाले नधान्ने निश्चित छ।

    यसकारण परीक्षण क्षमता नबढाउने हो भने क्वारेन्टिनमा रहेकाहरूबाट नै संक्रमण सल्किने खतरा हुन्छ। किनकि देशभर रहेका क्वारेन्टिनहरू मापदण्ड विपरितका छन्।सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा भएका क्वारेन्टिनमा भारतबाट आएका मानिसहरूलाई दूरी कायम गरेर राख्न सकिएको छैन। एउटै कोठामा ८ जना र एउटै विद्यालयमा १६० जना राखिएको छ।

    क्वारेन्टिनमा दुरी कायम गर्न र राम्रो व्यवस्थापन गर्न नसक्दा बाँकेको नरैनापुरमा मात्र ११४ जना संक्रमित देखिए। जसमा एकजना मृत्यु समेत भयो।साथै सुदूरपश्चिममा भारतबाट आएकाहरूको सरकारले विश्वसनीयतामाथि प्रश्न उठेको आरडिटी किटबाटै परीक्षण गरेर झारो टार्ने प्रयत्न गर्दैछ। जेठयता सुदूरपश्चिममा आएका ४० हजार बढी मानिसको आरडिटी परीक्षण गर्ने सरकारको तयारी छ।यसअघि पनि सरकारले पिसिआर परीक्षणको दायरा फराकिलो पारेपछि मात्र संक्रमित संख्या बढेको हो। यसकारण सरकारले पिसिआर परीक्षणलाई जति फराकिलो पार्यो उति नै संक्रमित संख्या बढ्ने र नियन्त्रण हुने पनि देखिन्छ।

    95390669_236320977579304_6852950483493978112_n.jpg

    images
    images
    • बुधवार, जेठ २१ २०७७०७:२३:१६
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij