सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

इप्साको आयोजनामा देवदहमा शिक्षकहरुका लागी प्रशिक्षण सुरु

इप्साको आयोजनामा देवदहमा शिक्षकहरुका लागी प्रशिक्षण सुरु

images
  • 395
    SHARES

  • images
    images
    images
    इप्साको आयोजनामा देवदहमा शिक्षकहरुका लागी प्रशिक्षण सुरु
    images
    images
    images

    साउन ३२, देवदह । देवदहमा शिक्षकहरुका लागि २ दिने प्रशिक्षण सुरु भएको छ।पूर्वी क्षेत्र निजी विद्यालय परिवार (इप्सा) रूपन्देहीको आयोजनामा कक्षा १-देखि ३ सम्म अध्यापन गराउने शिक्षकहरुको लागि तालिम संचालन गरिएको हो।

    कार्यक्रमको औचित्यबारे जानकारी दिदै प्याब्सन देवदहका अध्यक्ष राम बहादुर गुरुङले एकीकृत पाठ्यक्रमको बारेमा सहजताका लागि प्रशिक्षणको आयोजना गरिएको बताउनुभयो ।

    images
    images
    images

    दुई वा दुई भन्दा बढी विषयहरुको संयोजन गरी एक अर्को विषय बिचको अवधारणाको सम्बन्ध खोज्न लगाउने, विद्यार्थीको समूह निर्माण गरी सिक्ने सिकाउने अवसर प्रदान गर्ने गरी तयार पारिएको पाठ्यक्रमलाई एकीकृत पाठ्यक्रम भनिन्छ । दुई वा दुईभन्दा बढी विषयका उद्देश्यहरु सँगै मिलाएर सिकाउन सकिने पाठ्यक्रम एकिकृत पाठ्यक्रम हो। यस विषयमा प्रशिक्षणको आवस्यकता रहेकोले इप्सा देवदहले वार्षिक कार्यक्रम अन्तर्गत दोस्रो पटक तालीमको आयोजना गरेको हो।

    प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि देवदह नगरपालिकाका ध्रुव प्रसाद खरेलले विद्यार्थीहरुलाई सिप सहितको प्राविधिक शिक्षा आजको आवश्यक रहेको बताउनुभयो ।

    देवदह नगरपालिकाले मावि तहको क्रेडिट आवर पुरा गर्न दिवा सेवामा कक्षा संचालन गरेको बताउँदै तत्काल निर्णय परिवर्तनको कुनै सम्भावना नरहेको बताउनुभयो। पुनः बिहानी सत्रमै कक्षा संचालन गर्न अर्को निर्णय गरेर पुनर्विचार गर्नुपर्ने उहाँको धारणा थियो।

    कार्यक्रममा संस्थाका सल्लाहकार एवं प्याब्सन रुपन्देहीका उपाध्यक्ष एक नारायण काफ्ले, सल्लाहकार तथा एन प्याब्सनका केन्द्रिय सचीव कृष्ण प्रसाद पौडेल लगायतले शुभकामना दिदै देवदह क्षेत्रका विद्यालयहरुले विगत देखिनै उत्कृष्ट नतिजा दिदै आएको बताउँदै गुणस्तरीय शिक्षा प्रदान गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।

    प्रशिक्षणमा १५ वटा विद्यालयको १५३ जना शिक्षक सहभागी रहेको कार्यक्रमका संयोजक कृष्ण गैरेले जानकारी दिनुभयो।ताालिमको सहजीकरण प्रशिक्षक युवराज पन्थी ले गर्नुुुभएको छ।

    कार्यक्रमको उद्घाटन सत्र संस्थाका अध्यक्ष राम बहादुर गुरुङको अध्यक्षता, इप्सा रुपन्देहीका उपाध्यक्ष सिबि थापाको स्वागत र सचीव बिनोद थापा मगरको संचालनमा सम्पन्न भएको थियो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij