बुधवार, कार्तिक १२ गते २०८३

Logo बुधवार, कार्तिक १२ गते २०८३
images
images

१५७ नेपाली लिएर आइपुग्यो एयर अरेवियाको जहाज

१५७ नेपाली लिएर आइपुग्यो एयर अरेवियाको जहाज

images
  • 1.5K
    SHARES

  • images
    images
    images
    १५७ नेपाली लिएर आइपुग्यो एयर अरेवियाको जहाज
    images
    images
    images

    जेठ२३,काठमाडौं । कोभिड–१९ भाइरसको महामारीका कारण यूएईमा समस्यामा परेका १५७ जना नेपाली नागरिक लिएर आएको विमान काठमाडौंमा अवतरण गरेको छ ।

    सारजाह विमानस्थलबाट आएको एयर अरेवियाको जी ९ १७५१ नम्बरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
    इजादा फ्यासिलिटी म्यानेजमेन्टमा कार्यरत ६७, टान्स गार्ड सेक्युरिटी कम्पनीमा कार्यरत ७९ जना र अन्य ११ जना गरी १ सय ५७ जना नेपाली उक्त विमानमा नेपाल आएका छन् ।

    images
    images
    images

    सैनिक स्रोतका अनुसार यसअघि तय भएको सूचीका व्यक्ति उनीहरु होइनन् । ‘यसअघि गर्भवतीसहित अन्य समस्यामा परेका नेपाली ल्याउने तयारी थियो, त्यही अनुसार होल्डिङ सेन्टर छुट्टाएका थियौं’, स्रोतले भन्यो, ‘अब पहिलेको तयारी अनुसार नमिल्ने भएपछि पहिले विमानस्थलमा सबैको व्यक्तिगत विवरण लिएर मात्र कहाँ लगेर राख्ने भन्ने तय हुन्छ ।’

    प्रदेशगत रुपमा व्यवस्थापन गर्नुअघि राख्नलाई काठमाडौं, भक्तपुर र ललितपुरमा गरी ९ वटा होल्डिङ सेन्टर सेनाले तयार गरेको छ । त्यसपछि स्वास्थ्य जाँच लगायतका प्रक्रिया पूरा गरेर आइसोलेसन, क्वारेन्टिन वा होम क्वारेन्टिनमा राख्ने तय हुनेछ ।

    नेपाल सरकारले तय गरेको प्राथमिकताका आधारमा नेपाल पठाउने गरी दूतावासले सूची तयार गरेको थियो । तर, प्राविधिक कारण देखाउँदै उनीहरुलाई यूएईमै रोकिएको छ ।

    सीसीएमसी स्रोतले उडान भाडा सम्बन्धी समस्या सिर्जना भएको जनाएको थियो । त्यसपछि उत्पन्न अफ्ठ्यारो परिस्थितिका बीच दुई वटा कम्पनीले एयरलाइन्ससँगको समन्वयमा आफ्ना कामदार नेपाल पठाउने तय गरेको थियो ।

    यूएईबाट कम्तिमा १८ हजार जना नेपाली स्वदेश फर्कन चाहेको त्यहाँस्थित नेपाली दूतावासको भनाइ छ । शुक्रबार आउनलाई तय भएका व्यक्तिसहित अन्यको उडान अब कहिले हुन्छ भन्ने तय भइसकेको छैन ।

    शुक्रबारै म्यानमारबाट पनि २६ जना नेपालीको उद्दार भएको छ । उनीहरुलाई लिएर म्यानमारको सेनाको विशेष विमान काठमाडौं आएको थियो । म्यानमारबाट आएकालाई वसुन्धारास्थित यती पार्टी प्यालेसको होल्डिङ सेन्टरमा राखिएको थियो । अहिले उनीहरुलाई होम क्वारेन्टिनमा राख्ने गरी पठाउने कार्य भइरहेको छ ।

    images
    images
    • शुक्रवार, जेठ २३ २०७७०६:३७:५३
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij