देवदह । रूपन्देहीको देवदह-२ स्थित नमूना एभरग्रिन इङ्लिस बोर्डिङ स्कुलमा राखी बनाउने प्रतियोगिता सम्पन्न भएको छ। विद्यार्थीहरूमा भएको सिर्जनात्मक सिपको अभिवृद्धि गर्ने उद्देश्यका साथ रक्षाबन्धनको अवसर पारेर 'राखी निर्माण' प्रतियोगिता आयोजना गरिएको हो ।
उक्त प्रतियोगितामा कक्षा ४ देखि ८ कक्षा सम्मका विद्यार्थीहरूको सहभागिता रहेको थियो । प्रतियोगितामा सलिना सारू प्रथम, साधना विरकट्टा द्वितीय, आभास रेग्मी तृतीय र सुदिक्षा श्रेष्ठले सान्त्वना स्थान हासिल गर्न सफल भएका थिए ।
विद्यालयमा आयोजना गरिने यस्ता अतिरिक्त क्रियाकलापले विद्यार्थीहरूको सिर्जनात्मक तथा रचनात्मक क्षमताको प्रवर्द्धन गर्नुका साथै उनीहरूको सिप विकासमा समेत ठूलो टेवा पुगेको र यसले उनीहरूलाई थप सिर्जनात्मक कार्यमा अगाडि बढ्न उत्साहित गरेको विद्यालयका प्रिन्सिपल कमल पौडेलले बताउनु भएको थियो।
'गरेर सिक'को मूल नारासहित आयोजना गरिएको 'राखी निर्माण प्रतियोगिता'ले विद्यार्थीहरूमा प्रतिस्पर्धात्मक भावनाको विकास गरेको र यस्ता कार्यक्रम आगामी दिनमा समेत निरन्तरता पाउन सके विद्यार्थीहरू बढी लाभान्वित हुने कार्यक्रम संयोजक सृष्टि बरालले जानकारी गराउनु भएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij