बुटवल। बुटवल– ११ नहरपुरस्थित ज्ञानपुञ्ज इंग्लिस वोर्डीङ्ग स्कूलमा नमुना संसदको अभ्यास गरिएको छ । कक्षा ९ र १० का बिद्यार्थीहरूले संसदको झल्कोदिने गरि नमुना संसदको अभ्यास गरेका हुन् ।
बिद्यार्थीलाइ कार्यपालिका र व्यवस्थापिकाको अभ्यास सिकाउने मुख्य उद्देश्यका साथ नमूना संसदको कार्य गरिएको विद्यालयका प्राचार्य तोयाराम पौडेलले बताउनुभयो ।
विद्यालयका व्यवस्थापन समिति अध्यक्ष गंगाराम ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बुटवल ११ का वडाध्यक्ष रामचन्द्र क्षेत्रीले सनमुना संसदले बिद्यार्थीको सबै खालका क्ष्मता बिकास हुने बताउनुभयो ।
सो कार्यक्रममा कार्यक्रम संयोजक भूपू बिद्यार्थी सिद्धार्थ कंडेल,प्रशिक्षक सुनिल पौडेल,हिरा पौडेल,नविना घिमिरे लगायतले बोलेको विद्यालयका इसिए प्रमुख हरि भट्टराइ जानकारी दिनुभयो ।नमुना संसदमा प्रधानमन्त्री बिपना जीसी र सभामुखमा प्रविण श्रेष्ठले भुमिका निर्वाह गरेका थिए।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij