बुधवार, कार्तिक १२ गते २०८३

Logo बुधवार, कार्तिक १२ गते २०८३
images
images

डिस्चार्ज भएका ६जना कोरोना संक्रमित सवारी साधन नपाएर धनगढीमा अलपत्र

डिस्चार्ज भएका ६जना कोरोना संक्रमित सवारी साधन नपाएर धनगढीमा अलपत्र

images
  • 1.0K
    SHARES

  • images
    images
    images
    डिस्चार्ज भएका ६जना कोरोना संक्रमित सवारी साधन नपाएर धनगढीमा अलपत्र
    images
    images
    images

    जेठ २३ कैलाली। सेती प्रादेशिक अस्पतालले आइसोलेसनमा रहेका ६ जना कोरोना संक्रमितलाई उपचार पछि घर पठाएको छ ।
    स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ निर्देशिका अनुसार उनीहरुलाई डिस्चार्ज गरिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिनुभयो ।

    लक्षण नदेखिएको र स्वास्थ्य समस्या नभएका संक्रमितलाई १४ दिन आइसोलेसनमा राखेर डिस्चार्ज गर्न पाइने निर्देशिका पारित भएपछि उनीहरुलाई डिस्चार्ज गरिएको श्रेष्ठले बताउनुभयो ।

    images
    images
    images

    दिउँसो २ बजे उनीहरुलाई सेती प्रादेशिक अस्पतालको आइसोलेसनबाट डिस्चार्ज गरिएको थियो । सम्बन्धित जिल्लासम्म पु¥याउने व्यवस्था नभएपछि उनीहरु धनगढीमा अलपत्र परेका छन् ।

    अस्पतालको आइसोलेसनमा उपचाररत अछामको मेल्लेख गाउँपालिकाका ३२ बर्षीय पुरुष र ११ बर्षीय बालिका, बैतडीको शिवनाथ गाउँपालिका वडा नम्वर १ का २० र २७ बर्षीय पुरुष तथा शिवनाथ गाउँपालिका वडा नम्वर २ का २० र २२ बर्षीय पुरुषलाई डिस्चार्ज गरेको हो ।सेती प्रादेशिक अस्पतालमा अझै २० जना संक्रमितको उपचार भईरहेको छ ।

    images
    images
    • शुक्रवार, जेठ २३ २०७७०७:२९:३०
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij