देवदहको क्वारेन्टिनमा रहेका १ जनाको आरडीटी रिपोर्ट पोजेटिभ
देवदहको क्वारेन्टिनमा रहेका १ जनाको आरडीटी रिपोर्ट पोजेटिभ
17.1K
SHARES
निर्मल एसपी मगर जेठ २४, देवदह।देवदह नगरपालिकाले स्थापना गरेको अस्थाई क्वारेन्टाइन देवदह आदर्श बहुमुखी क्याम्पसमा राखिएका ६७ जना मध्य ३१ जनाको आरडीटी परिक्षण गरिएकोमा एक जनाको आरडीटी रिपोर्ट पोजेटिभ देखिएको छ।
देवदह १ का १९ बर्षीय पुरुषमा आरडीटी रिपोर्ट पोजेटिभ देखिएको देवदह नगरपालिका स्वास्थ्य शाखाले गुराँस मिडियालाई जानकारी दिएको छ। आरडीटी रिपोर्ट नेगेटिभ आएका अन्य २३ जना भने आज घर गएका छन ।उनिहरु देवदह १ धेकवार ,बंगाली र मुढावासका रहेका छन् ।
रिपोर्ट नेगेटिभ आएका ७ जना भने आरडीटी रिपोर्ट पोजेटिभ आएका पुरुष संगै बसेकाले क्वारेन्टाइनमै राखिएको बताइएको छ ।